घर


‘भकारी कुहिएर घरमा पानी चुहिएर बिजोग छ यो बर्षामा ।’ आमाले फोन उठाउने बितिक्कै गुनासो गरिन् । ‘यो घर बनाउने सम्झौता हुन्छ हुन्छ भनेको पनि धेरै भो । हामी आफै बनाउँछौ भन्दा पनि हुदैन रे । ती आउँदैनन् । शैलुङको मान्छेलाई हेपेको हो कि के हो ?’ मैले केही भनिन ।
आमाले नै थपिन् । ‘रेडियो तिर घर बनाको पैसा दिएको समाचार आउँछ । हाम्रो तिरका ‘सरकार’ कता मेरेछन् ?’ आमाले तामाङ रिस देखाइन । फेरी पनि मैले केही भनिन ।

आमाले भनेको घर भकारीको गोठ हो । दुई बर्षदेखि बस्दा बस्दा उनको लागि त्यही गोठ घर भैसक्यो । भुईचालो पछि हामी बेघर छौ । भएका घर भत्किएका छन् । नयाँ घर कसरी बनाउने ? कता बनाउने ? अरुले पैसा पाए । नयाँ घर बनाए भनेको समाचार सुनेको रेडियो, अनलाईन तिर धेरै भैसक्यो । मेरो गाउँ शैलुङतिर पुगेकै छैन । यस वीचमा तीन सरकार फेरिए । तीन प्रधानमन्त्री फेरिए । मन्त्री त कति फेरिए कति ? भुईँचालो पछिको मेरी आमाको दुःखको पहाड फेरिएनन् । उस्तै छन् ।
……………………….
बल्ल बल्ल फोन लाग्यो । हतारिएको स्वरमा भनिन् को ?
म ।
को म ?
सधै हेल्लो भन्ने मेरो स्वरमा चिन्ने आमाले मलाई चिनिनन् ।
पहिलो भुइँचालो गाएको दसौ दिनमा आमासँग दोस्रो पटक कुरा भयो । त्यो भन्दा पहिले भुइँचालो जाने बितिक्कै कुरा भएको थियो । पहिलो पटकको फोनमा राम्ररी केही कुरा हुन पाएन । आमाले एकातर्फी सकुसल भएको मात्र सुनाइन । बाँकी के भयो सुनिएन । बाँकी दिनमा धेरै पटक ट्रइ गरियो आमा र गाउँ भरिका सम्पर्क नम्वरहरुमा । तर सबैको फोनमा सुनिने शब्द उस्तै थिए सम्पर्क हुन सकेन । फोन स्विच अफ छ ।

‘पुरानो घर लड्यो । नयाँ घरको बार्दली भत्किएर भुईमा झरेको छ । अर्को पटि चर्किएको छ ।’ आमाले एकै सासमा सुनाईन । अनि फेरी थपिन ‘हामीले त भकारीको गोठ बनाका छौ । त्यसमा बसको पनि नौ रात भैसक्यो । पुरानो घरको खाने कुरा पनि सबै खेर गयो । बजारमा गएर एक बोरा चामाल उधारोमा ल्याएका छौ । चामालको भाउ बढेर अचम्म छ ।’
समस्यै समस्या पहाडमा थिएन आमा । ‘तिमीहरु सबै परदेशमा छौ । हामीलाई यस्तो छ ।’ भुँइचालो गए देखिकै अफ भएको मुड झन अफ भो । तीन दिन पछि फेरी अर्को ठूलो भुँइचालो आयो । अर्को घर पनि लडाएर गयो । घरबार नभएको लाखौ मान्छेमा हामी थपियौ ।
पुरानो घर । मेरा बाजेले सायद ५० बर्ष अघि तिर बनाएका होलान् । बाजे अर्कै गाउँबाट बसाई सरेका रे । गाउँ भरिका मानिस गाड्ने च्याने डाँडामा । तीन बिसा पैसा र दुई पाथी ध्यूमा बाजेले २० हल गोरुले पनि जोतेर नसक्ने पाखो किने । त्यो बेला बारी किन्दा गोरुले एक दिनमा कति जोत्छ भन्ने अनुमानको भरमा किनबेच हुन्थ्यो ।
बाजेले आँटे । जसरी पनि घर बनाउनु प¥यो । त्यति बेलासम्म बाजे एरियाकै नम्बरी सिकर्मी थिए । उनले बनाएका काठका कला सबैले मन पराउँथे । झ्याल ढोकामा थरि थरिका बुट्टा कुद्ने । घरका मान्छेले भने जस्तो बुट्टा भनेको समयमै सकाउने । बाजे एरियाकै फेमस थिए ‘ध्याङाली काइँला’ कर्मी ।
नम्बरी कर्मीले हतारको घर ‘कर्मीको घर नराम्रो’ भने झै भो । लम्बाई १७ हातको । चौडाई १२ हातको । त्यो बेला घर बनाउँदा निदालमा बुट्टा भर्ने चलन थियो । बुट्टेदार टुनासी हाल्ने चलनथ्यो । अरुले हेर्दै ‘वा’ भन्ने बनाउने चलनथ्यो । तर नम्बरी कर्मीले बनाएको घरको हालत बिजोग थियो । सानो झ्याल । सानै ढोका । न बार्दली छ न टुनासी । घर तीन तले नै थियो । दुई तला ठीकै भए पनि बुइकल भन्नुको मात्रै थियो । होचो न होचो । मान्छे छिर्न मुस्किल थियो । दोस्रो तला एउटा मात्र झ्याल थियो । घर हेर्दा लाग्थ्यो ध्याङाली काँइलाको मुड अफ भएको बेला बनेको घर थियो ।
घरको सिगाँर पटार दशै बेला हुन्थ्यो । फूलपाती भन्दा अलि अघि । सेतो चम्किने कमेरो । झ्यालमा ब्याट्रीको कालो । पेटीमा रातो माटो । नमिलेको जस्तो लाग्ने घर पनि दशैमा चिटिक्क देखिन्थ्यो । दशै सकिए पछि बिस्तारै घर पुरानै तालमा फर्कन्थ्यो । ठूलो, लामो र भद्दा ।
जस्तो भए पनि त्यो घर थियो । म जन्मेको घर । हुर्केको घर । आमा भन्थिन यो घरको पिँडीमा जन्माएको हुँ तँलाई । हुर्किएको आगन पनि त्यही थियो । म सानो छँदा मूल ढोकामा उथिन्थे । म कता हो कता सानो हुन्थे । दुबै हात उचालेर टाउको माथि पार्दा बल्ल भेटिन्थ्यो । मलाई त्यो बेला लाग्थ्यो कत्रो ठूलो ढोका । बिस्तारै म अग्लिएँ । ढोका उस्तै बस्यो । ढोकाबाट छिर्दा निहुँरिनु पर्ने भो । होचो नमिलेको घरमा हाम्रो चार पुस्ता बाँचेको थियो । बाजे, बा, हामी, नाती पुस्ता ।
घर घेरै अर्थमा बिशेष छ । बास बस्नका लागि, ठेगना जुराउनको लागि । घर कसरी बन्नु पर्ने हो यो भन्न मुस्किल छ । अनि बनिसकेको घरमा कस्ता काठ हालिनु पथ्र्यो ? कस्ता ढुङ्गा प्रयोग हुन पथ्र्यो ? भुकम्प प्रतिरोधी घर कसरी बनाइन्थ्यो ? सबै अहिले चर्चामा छन् । शायद यस्ता छलफलले भोलीका दिनमा काम देला । पचास बर्ष अघि बाजेले घर बनाउने बेलामा उनलाई कसैले भुकम्प प्रतिरोधी घर भनेर थिएनन् । भलै उनी पेसाले घर बनाउँथे र ९० सालको भुँइचालो पनि देखेभोगेका थिए ।
पहाडको गाउँमा बन्ने घर दुई तले ढुङ्गा, माटोको हो । चोटा, कोठा आफ्नै बल बुताले जस्तो भ्याउँछ त्यस्तै बनाउने हो । गाविसमा नक्सा पास गर्नु पर्दैन । कुनै प्राबिधिक हुदैनन् । यो गर त्यो नगर भन्ने । मुल कर्मीलाई जस्तो मुड आउँछ त्यसरी नै बनाइदै आएको छ । यसरी घर बन्न थालेको कहिले देखि हो सजिलै सकिने अबस्था छैन ।
पुरानो घर होचो भए पछि पाँच बर्ष जति अघि नयाँ घर बनाउने सल्लाह भो । सल्लाह के हुनु बालाई जोस चलेछ । घर मज्जाको बनाउने । जस्ताले छाउने । हिसाब किताब गर्दा झन्डै डेढ लाखमा घर तयार हुने देखियो । ज्याला, पर्मका मान्छे आउँदा १५ हात चौडाईको १९ हात लम्बाईको ठूलो मज्जाको घर बन्ने अनुमान भो ।
आफूसँग जोगाएको केही पैसा र बाँकी ऋणमा घर बन्ने भो । पुरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बनाउने कि छुट्टै नयाँ घर बनाउने ? पारिबारिक छलफल चल्यो । ‘बाउबाजेको जेथो हो नभत्काउने ।’ बाले भने । ‘लौ त्यसो भए घर भन्दा माथी रोड छ । रोडमै जोडेर नयाँ घर बनाउँ ।’ आमाले भनिन् ।
घर बन्न सुरु भो । गाउँ घरमा चलेको चलन । ‘घर बलियो हुन जग बलियो’ चाहिन्छ । ‘ठूलो घर त्यस्सै पनि बलियो हुन प¥यो । त्यही माथि रोडसँग जोडिएको छ । त्यसैले जग एक मान्छे गरिरो खन्नु पर्छ ।’ मुलकर्मीको अनुभब सुनाए । हुन्न भन्न मिलेन । हामीले त्यसरी नै बनाउन थाल्यो । पहाडको भिरलो जमिनमा घरको जग खन्ने काम सजिलो रहेनछ । त्यही बेला था भो । जोसिएर खनेका खेनेकै छौ । बिस जना लाठे । भनेको जत्रो घर बनाउने गज बन्दै बन्दैन । झन एक मान्छे गहिरो गजले झन समय खायो । एक महिनामा घर बन्ने अनुमानित समय बढेर डेढ महिनामा पुग्यो ।
बाले पहिले ‘स्टामेट’ गरेको टाइम भन्दा घर झन्डै १५ दिन ढिला भो । अगाडी बार्दली, टलक्क टल्कने जस्तापाता । भुँइ तल्ला र दोस्रो तल्लामा अगाडी तीन झ्याल पछाडी पनि तीन झ्याल । अग्लो ढोका । उभिएरै छिर्न मिल्ने । १० वटा भन्दा बढि कोठा । बुइकलमा पनि उभिएरै हिड्न मिल्ने । मानौ बाले पुरानो घर बस्दाको पीडालाई कम गर्नकै लागि नयाँ घर बनाएका हुन । घर तयार हुँदा झन्डै पचास हजार बढि लागत निस्कियो । ‘मज्जाको घर बनाउनु भएछ ।’ मुलबाटैमा नयाँ घर देखे पछि धेरैले भन्थे । ढिला र महंगोमा बनेको घरको तारिफ सुने पछि बाको अनुहारमा खुशीमा भाब देखिन्थ्यो । बा भन्थे ‘मान्छेलाई ऋण लागोस दीन नलागोस ।’
बाले तीन बर्ष लागएर घर बनाउँदाको ऋण तिरे । यो बर्ष ऋण नभएर दीन लागेछ । पहिलो भुइचालोले बाजेको पालामा बनेको घर भत्कायो । दोस्रोले बाले पाँच बर्ष अघि बनाको घर भत्कायो । जग जति गहिरो भए पनि ठूलो भुइचालो धन्न सकेन । ठूलो घर भएका बाआमा भकारी बारेर बस्न पर्ने दिन आयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...