कवि श्रवण मुकारुङको साथमा कोरियामा भब्य साहित्य साँझ हुदै
प्रवासको व्यस्ततासँगै कोरियामा विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएका नेपाली साहित्यकारहरुले यहि जुलाई १५ तारिख शनिबार ‘साहित्य साँझ २०१७’ को आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौलस्थित तुङ्ग्देमुनमा हुन लागेको साहित्य साँझ कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निम्त्याइको कवि, गीतकार एवं प्राज्ञ श्रवण मुकारुङको उपस्थिति रहने भएको छ । त्यसैगरी विशेष अतिथिको रुपमा अर्का साहित्यकार रत्नमणि नेपाल रहेका छन् ।
अन्तराष्ट्रिय साहित्य समाज कोरिया, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज, नेपाल मुक्तक प्रतिस्थान गरि पाँच संस्थाहरूको संयुक्त आयोजनमा हुन लागेको उक्त कार्यक्रम सम्भवत दक्षिण कोरियामै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । साहित्य साँझ कार्यक्रममा स्रस्टा सम्मान एवं साहित्यिक अन्तरक्रियाका साथमा सांगीतिक कार्यक्रम पनि गरिने भएको छ । एतिहासिक रुपमा भब्य हुन लागेको उक्त साहित्य साँझमा विशिष्ठ अतिथिहरुको कविता, गीत प्रत्यक्ष सुन्न पाईनेछ ।
कार्यक्रममा सहभागीले पनि सुनाउन पाउने भएको हुदा कविता, गीत, गजल, मुक्तक, हाईकु वा अन्य प्रतिभाहरुका साथ उपस्थित भै दिन सम्पूर्ण साहित्य प्रेमीहरुलाई आयोजकले बिशेष निमन्त्रणा गरेको छ । साथै विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत अन्य दर्शक श्रोता मनुभावहरुमा पनि उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
पुजा रेष्टुरेन्ट, तुङ्ग्देमुनमा साँझ ठिक ८ बजेबाट सुरु हुने कार्यक्रमको दोस्रो सत्रमा अबेरसम्म साँगतिक प्रस्तुती, तथा रमाईलो कार्यक्रम पनि रहने छ।