Advertisement
SKIP THIS

बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको  बृहत् भेटघाट तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न


 

बाग्लुङ समपर्क समिती कोरिया द्वारा  यहि जुलाइ ८ र ९ तारीख  आयोजना गरिएको बृहत् भेटघाट तथा बन्भोज कार्यक्रम  भब्यरुपमा सम्पन्न भयेको छ।

सौल देखि करिब २  घन्टा टाढा रहेको ह्वासङ सि अन्तर्गत रमणिय पर्यटन स्थल जेबुदो आइज ल्यान्डमा उक्त पिक्निकको आयोजना गरिएको थियो।

कोरियामा रहेका बाग्लुङ बासीहरुलाई सहभगिता बनाउने , आपसी सम्बन्ध आत्मिय बनाउने उद्देश्य सहित आयोजना गरिएको बनभोजमा कोरियाको विभिन्न क्षेत्रबाट  करिब १४० जनाको सहभागिता रहेको थियो। थेगु बुसानबाट एक बस, सौल तुन्देमुनबाट एक  बस र सुवनबाट एक  बस लगाइएको थियो।

पिक्निकमा नेपाली परिकार सेल रोटी,अचार, खसीको मासु, भात, सलाद र पेय पदार्थको समेत ब्यबस्था गरिएको थियो। विभिन्न मनोरञ्जन कार्यक्रममा लोक दोहोरी गीत, आफ्नो आफ्नो समूह बाट बिभिन्न  गीत, नृत्य बाद्यबादनका साधनहरु बजाइ रमाइलो गरिएको थियो ।सनिबार रातभरि खानपिन  र मनोरन्जन गरिएको थियो भने राती ३ बजे देखि समुन्द्रमा पानीको सतह बढेको  पनि प्रत्यक्ष हेर्ने मौका मिलेको थियो।आइतबार बिहान जेबुदो आइज ल्यान्डको अबलोकन भ्रमण र फोटो खिच्ने कार्यक्रम भएको थियो।

 बिहानको खाना पश्चात् रमाइलोको लागि महिला र पुरुषको अलग अलग लत्थो तान्ने खेलको आयोजना गरियेको थियो। पुरुष तर्फ ४ टिम

मध्ये  थेगु बुसान समुह प्रथम भएको थियो भने महिलामा सौल र थेगु बुसान समूह मध्ये  सौल समूह प्रथम भएको थियो।खेल अति रोचक भएको थियो।

बृहत् भेटघाट तथा बनभोज कार्यक्रममा सुबास लामिछानेको अध्यक्षतामा औपचारिक कार्यक्रम  पनि भएको थियो। उपस्थित सम्पुर्ण  महानुभाबहरुलाई समितीका वरिष्ठ उपाध्यक्ष राम प्रसाद शर्माले स्वागत गरेका थिए।मन्तब्यका क्रममा धौलागिरी सांगीतिक कार्यक्रमले गर्दा केही मन मुताब भए जस्तो देखिए  पनि यो पिक्निकले त्यो अवस्था  न रहेको पुस्टी गरेको छ शर्माले भने | बाग्लुङ सम्पर्क समितीले कार्यक्रमको उद्देश्य अनुसार  कुस्मिशेरामा एम्बुलेन्स सन्चालन गर्नको लागि रु ५ लाखको अक्षयकोष  स्थापना गर्ने निर्णय गरेको शर्माले बताए।

मन्तब्यको क्रममा संरक्षक बिपिन गुरुङले बाग्लुङ सम्पर्क समिती पुरानो स्थापित सकृय  संस्था भएकाले सबै साथीहरुले आफ्नो आफ्नो ठाँउबाट  हातेमालो गर्नु पर्ने बताए|समितीका सचिब टेक पुनले कार्यक्रम सन्चालन गरेका थिए।समापनको  क्रममा अध्यक्ष लामिछानेले कोरियाको विभिन्न स्थानबाट उपस्थित भै पिक्निकलाई भब्य रूपमा सफल बनाउनु हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यबाद प्रदान गरे त्यसै गरि ब्यबस्थापनमा सहयोग गर्ने कार्य समितिका पदाधिकारीहरुलाई बिशेष धन्यबाद प्रदान गरेका थिए ।पिक्निक स्थलबाट सम्पूर्ण सहभागीहरु  ३ बजे आफ्नो आफ्नो गन्तव्यमा प्रस्थान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...