Advertisement
SKIP THIS

हनुमान कट्टु माथि टाईसुट सुहाउला र राष्ट्रपति ज्यू???


 

असार पन्ध्रमा राजधानीको पनि मुटु ठमेलको सडकमा विरोधस्वरुप धान रोपे स्थानियले । देशको राजधानी जस्तो मुटुको सडक धान रोप्न योग्य छन् भने अन्यत्रको नकुरा गरौ ।
अनि तपाईं त्यस्तो सडकमा १६ करोडको गाडि चढ्ने त राष्ट्रपति ज्यू ? यो त हनुमान कट्टु माथि टाईसुट लगाएको जस्तो भएन र राष्ट्रपति ज्यू ?

एसियाकै दोस्रो गरिव मुलुकको राष्ट्रपतिले विश्वकै विकसित मुलुकका राष्ट्रपतिहरुले भन्दा पनि उच्चस्तरको तडकभडक जीवनस्तर सेवासुविधा उपभोग गर्नु कहाँसम्मको जायज हो राष्ट्रपति ज्यू??

कट्टुमाथि टाईसुट लगाएर जापानका जोकर चार्लि चाप्लिनले झै सर्कस देखाएर दुनियाँ हँसाउने सोख छकि के हो महामहिम ज्यू?? देश र जनताको अवस्था थाहा नभएको होकि? थाहा भएर पनि महसुस नगरेको हो महामहिम ज्यू??

गाँस नपाएर जनता भोकभोकै मरिरहेका छन् ।
बास नभएर जनता खुला आकासमुनि पल्टिरहेका हुन्छन् ।
कपास नपाएर जनता कठिङ्ग्रिएर मरिरहेका छन् ।
यस्तो देशको राष्ट्रपतिले १६ करोडको गाडि चढ्नु कहाँसम्मको न्यायोचित हो राष्ट्रपति ज्यू??

सुरक्षा व्यवस्थालाई हेरेर होस् या जुनसुकै व्यवस्थालाई हेरेर होस् । घाँटी हेरेर हाँड निल्नुपर्छ । देश अनुसारका  भेष हुनुपर्छ । राजधानीको सडकको धुलोको कारण बिहान बिहान मर्निङवाक गर्नसम्म हानिकारक घोषणा गरिएको छ विश्व स्वास्थ संगठनले काठमाडौ शहरलाई । यएरपोर्टमा विदेश जाने साथिलाई छोड्न गयोभने प्लेन चढेर साथि विदेश पुगिसक्दापनि आफु यएरपोर्टबाट गाडि चढेर चावेल आईपुगिन्न । त्यस्तो हविगत छ राजधानीको सडक व्यवस्थाको ।

न कतै ट्राफिक लाईन छ । न कतै ट्राफिक लाईट छ । न कतै स्टप स्टेसन छ । राजधानीको मुलसडकहरु सम्म सबै पिच छैनन् । न भनेको ठाँउमा आकाशे पुल छन् । सडक चौडाको कुरा नगरौ ।

अनि तपाईलाई १६,१६ करोड गाडि चढ्नु पर्ने??? तपाई होसमा त हुनुहुन्छ? महामहिम ज्यू??

भन्न त तपाईको पार्टिको हनुहरुले राष्ट्रपतिको इज्जत बढ्दा, स्टान्डर्ट बढ्दा हाम्रो नि बढ्छ भनेर भन्न भ्याइसके । तर यस्ता इज्जत चाहिएन, हजुर । नाक काटेर उ…टाल्ने भनेजस्तो स्वाङ गर्नु महामुर्खता हुन्छ ।

तपाईलाई तितो लाग्ला । भन्ने नै हो भने राष्ट्रपति पदको लागि पनि तपाईं लायक हुनुहुन्न । अगाडि पछाडि साईरन बजाएर भिभिआईपि सुरक्षा व्यवस्थामा हिड्न पाउनु पनि तपाईको अहोभाग्य हो ।
तर तपाईलाई थाहा छ? तपाईले यो अहोभाग्य पाउनको लागि कमरेड मदनले तुनावाला चप्पलमा थोत्रो साईकल चडेर जनताको बहुदलिय जनवादको सिदान्त प्रतिपादित गर्नुभएको थियो नि । कमरेड मदनको जवज सिदान्तले सराप्लान् है राष्ट्रपति ज्यू।
होस् गर्नुस् ।

हाल द.कोरिया

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...