कोरियामा नेपाली सतर्क रहन सरकारको आग्रह
फोनिज कोरिया संवाददाता
काठमाडौं-कोरियामा मर्स रोगको प्रकोप फैलिएकाले त्यहाँ जानु पूर्व र त्यहाँ बसिरहेका नेपालीलाई सतर्कर्ता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले मध्य पूर्व र दक्षिण कोरियामा मर्सको संक्रमण फैलिरहेकाले त्यहाँ जानुअघि डाक्टरको सल्लाह लिन आग्रह गरेको हो ।
ज्वरो आए, खोकी लागे र निमोनियाको लक्षण देखिए तत्काल स्वास्थ्य जाँच गराउन त्यहाँ रहेका नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले नउमालेको दूध, काँचो मासु नखान र बाहिर हिँड्दा माक्स लगाउन पनि अनुरोध गरेको छ ।
गएको मे महिनामा दक्षिण कोरियामा मर्सका विरामी देखिएको र अहिले यसको संक्रमण फैलँदै गएको छ । यो रोग सबैभन्दा पहिले साउदी अरबमा सन् २०१२ मा भेटिएको थियो ।