Advertisement
SKIP THIS

कोरियन पुरुषसंग बिबाह गर्ने नेपाली चेलीहरुको अवस्था


निश्चल काउचा
कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ । सरसर्ती हेर्दा दुई थरी मनस्थिति बोकेर कोरियन नागरिकसंग विहे गर्नेहरु देखिए ।

शर्मिला गुरुङ ( नाम परिवर्तन) ले आफूभन्दा दोब्बर उमेरको कोरियन नागरिकसँग बिहे गरेर कोरिया आईन् । उनी कोरिया आउनुको उद्देश्य एउटै थियो, मनग्गे पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन् । उता म्यारिज ब्युरोको दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आईपुगेपछि वास्तविकता अर्कै भइदियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन् । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यसैले गर्दा पछि आन्तरिक कलह बढ्न जान्छ । त्यसमा पनि विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि उनीहरु घरेलु हिंसाको चपेटामा पर्छन् ।

शर्मिलाको मुद्दामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनिसकेकी उनलाई महिनाभरि कम्पनिमा काम गरेको तलब सबै लोग्नेले नै राखीदिने गरेको र बेला–बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन् । एक दशकअघि कोरियन नागरिकसंग विवाह गरेर आएकी बाला राईको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जसले चिने–जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन्, ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले भने आफ्नै कारणले दुस्ख पाएका छन् ।’ कतिपय कोरियन पनि खराब छन् । हरेक ठाउँमा मान्छे असल मात्र पनि हुँदैनन र खराब मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न नमिल्ने उनी बताउँछिन् । ‘हो, कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन्, तर आफू राम्रो गरिबसे उनीहरुले पनि राम्रो गर्छन्,’ उनी भन्छिन् । कोरियनसँग विवाह गरेर आएका केही नेपाली केटीहरु आफ्नै कारणले दुःख पाएका सुनाउँदै फेरि थपिन्, ‘कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरियाप्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् ।’ कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्ने गरेको उनले बताइन् । त्यसपछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाइन् । ’

nepali-korean

 

महिला लागि महिला’ संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई विकसित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुँदा विवाह गर्नुभन्दा पहिले कोरियन भाषा, संस्कृति, रहन सहनको बारेमा राम्ररी बुझेर र म कोरिया पैसा कमाउन होइन, विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।

यसबारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउँदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको बताए । यसैगरी नेपाली चेली समाज कोरिया’ की अध्यक्ष मञ्जु गुरुङका अनुसार कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्याभन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको बताईन । यसर्थ, मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु सबैको स्थिति नाजुक छैन । जसले कोरियन भाषा पढेर  कोरियाको सस्कृति रहन सहन बुझेर आफूले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफुभन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ । अहिले इपिएसबाट कोरिया आएका मजदुरहरुलाई समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...