Advertisement
SKIP THIS

कोरियन अपराधी महिला नेपालमा पक्राउ


सिर्जना श्रेष्ठ
काठमाडौं- इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेकी एक अन्तर्राष्ट्रिय अपराधी दक्षिण कोरियाली महिला नेपालमा पाँच वर्षदेखि बस्दै आएको पुष्टि भएको छ। ह्वान जु ली, ४८ पहिलो पटक पर्यटकको रुपमा २०१० जनवरीमा नेपाल आएकी थिइन्। पछि उनले आफ्नो टुरिस्ट भिसालाई स्टुडेन्ट भिसामा बदलिन्। ६ महिनादेखि ली काठमाडौंको नक्सालमा कोरियन रेष्टुरेन्ट चलाइरहेकी छिन्।

 

 

अन्तर्राष्ट्रिय अपराधीको नेपालमा खुलेआम ‘सेटलमेन्ट’ले नेपालको अध्यागमन प्रणालीमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ। अन्तर्राष्ट्रिय अपराधीको भिसा नविकरणको घटनाले अध्यागमन विभाग कर्मचारीको नियतमाथि पनि गम्भीर प्रश्न खडा गरिदिएको छ।

 

 

अध्यागन विभागको रेकर्डअनुसार पाँच वर्षअघि पर्यटक भिषामा आएकी लीले यहीँबाट विश्व भाषा क्याम्पसमा नेपाली भाषा पढ्ने अनुमती पाएकी थिइन्। पछि उनलाई सरकारी निकायले रेष्टुरेन्ट व्यवसाय गर्न अनुमति दिए।

 

 

‘जसरी नेपालीलाई अन्य देशको भिसा आवेदन गर्न पुलिस रिपोर्ट बुझाउनु पर्छ। नेपालको भिसा पाउन अरु मुलुकका नागरिकले पुलिस रिपोर्ट बुझाउनुपर्ने व्यवस्था छैन’, अध्यागमनका एक कर्मचारीले नागरकिन्युजसँग भने, ‘त्यसैले लीको अपराधिक पृष्ठभूमि खुल्न नसकेको हो।’

 

 

विभागका महानिर्देशक केदार न्यौपाने सबै विदेशीहरुको रेकर्ड राख्ने नयाँ प्रविधि र त्यस्तो सफ्टवेयर सञ्चालन गर्नसक्ने जनशक्तिको अभाव रहेको बताउँछन्। ‘अब हाम्रोमा पनि विकसित मुलुकहरुको जस्तै फिङ्गर प्रिन्ट लिएर विदेशीको रेकर्ड राख्ने प्रविधिको आवश्यकता टड्कारो देखिएको छ’, उनी भन्छन्।

 

 

अध्यागमन विभाग स्रोतले पाँच वर्षअिघ नेपाल छिरेकी उनले पछिल्लो समय नेपाली नागरिकसँग बिहे गरेको र आफ्नो अपराधिक पृष्ठभूमिको पूरै हटाएको शंका गरेको छ। त्यही आधारमा उनले काठमाडौंमा व्यवसाय थालेको हुनसक्ने सक्ने विभाग स्रोत बताउँछ।

 

 

लीले कोरियामा गरेको अपराध प्रकृति र ठगी रकमबारे नेपाल प्रहरीलाई अझै स्पष्ट थाहा छैन। इन्टरपोल पोल नेपालकी प्रमुख बसुन्धारा खड्का ठगी मुद्दामा लीले कोरियामा १० महिना जेल जीवन बिताएको बताउँछन्।

 

 

प्रहरीले गत मंगलबार उनलाई नक्साल स्थित आफ्नै रेष्टुराँबाट पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। विभागले आज सोमबार उनलाई दक्षिण कोरिया फर्काउँदैछ। ‘केही दिनअघि प्रहरीले हामीलाई जिम्मा लगायो आज उनलाई डिपोर्ट गरिँदैछ’, विभाग महानिर्देशक न्यौपानले भने।-नागरिक

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...