Advertisement
SKIP THIS

कोरियामा नेपाल बौद्ध टुर सम्पन्न


नेपाल बौद्ध परिवार र सउल नेपाल गुम्बाको अगुवाईमा गत जुलाई २ तारिख आइतबार कोरियाका धार्मिक तथा रमणीय स्थलको भ्रमण गरियो । दोसंसा गुम्बाको आयोजनमा भएको एकदिने भ्रमण कार्यक्रममा दक्षिण कोरियाको धार्मिक तथा रमणीय स्थल  충청남도० 수덕사 गुम्बा र 간월암  समुन्द्रको भ्रमण गरिएको थियो । दुई वटा बसमा लगभग ९० जना नेपालीहरु सहभागी भएको धार्मिक तथा रमणीय स्थलको भ्रमण भव्य सफलताका साथ सम्पन्न थियो ।

 

भ्रमणमा सहभागी सम्पुर्ण नेपालीहरुले भगवान गौतम बुद्धको प्रिंट गरिएको एउटै खाले टीशर्ट लगाएका थिए । टिसर्टद्धारा बुद्धको जन्मभूमि नेपाल हो भन्ने बिषयलाई जोड़ दिइएको थियो । उक्त भ्रमणको क्रममा धार्मिक विधि अनुसार लामाहरु द्वारा पाठ पूजा गरि प्रसाद ग्रहण गरिएको थियो ।

हाल दक्षिण कोरियामा बिभिन्न पेशामा कार्यरत नेपालीहरु आफनो बौद्ध धर्मलाई बढ़ावा दिइ बौद्ध दर्शन बारेमा सम्पुर्णलाई ज्ञान बाढ़ने उद्देश्यले यो धार्मिक भ्रमण गरिएको नेपाल बौद्ध परिवारका अध्यक्ष पेम्बा दोङबा ह्योल्मोले जानकारी गराउनु भयो । धार्मिक तीर्थमा जानुको कारण प्रस्ट्याउदै अध्यक्ष ह्योल्मोले भन्नुभयो, ‘औषधीले शरीरको पिडालाई कम गर्छ भने, मठ मंदिर गुम्बा र तीर्थको भ्रमण गर्नाले मानसिक तनावलाई कम गरि हाम्रो मनोबल बढाउनमा मद्दत पुर्याउछ ।’ उहाँले उक्त भ्रमणमा उपस्थित हुनु भएको सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा धन्यवाद प्रकट गर्दै आउँदो दिनमा पनि हामी नेपाली बौद्ध धर्मालम्बीहरु यसै गरि एकजुट भई नेपाल र नेपालीको धर्म संस्कृतिलाई निरंतरता दिन आग्रह गर्नु भयो ।

भ्रमणबाट फर्किने क्रममा बसमा नाचगान र रमाइलो गरिएको थियो । दोसंसा गुम्बा विदेश विभागका प्रमुख कोरियन लामा दोबाव सुनिमले भ्रमण टोलीमा रहेका साथै सम्पुर्ण नेपाली बौद्धधर्म लम्बीहरुलाई धन्यवाद दिनुभएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...