Advertisement
SKIP THIS

उ कोरियाको माटोमा बिलायो (कविता)


सुब्बा डम्बर
सगरमाथा  जस्तो शीर
तराइ जस्तो छाती
हिम नदी जस्तो  सागर भेट्ने
रहर बोकेर जुन तारा टिपि लान
आएको  थियो उ कोरिया ।

 

किन यति चाडै उस्को शीर
हिमपग्लेर कालो पथ्थरले
बनेको कालो सगरमाथा  जस्तो भयो?
किन उस्को छाती चारैतिर पहाडले घेरिएको साघुरो
उपत्यका जस्तो  भयो?
किन उस्को रहर खहरे खोला जस्तै सुकेर गयो?
जुन तारा टिपिलान आएको उ
तर किन फेरि नउदाउने गरि
अस्ताएर गयो
यो प्रदेसी माटोमा ?
यी सबालहरु ले चिथोरिरहेको छ
जवाफ खोज्दै मेरो मन मुटु
मथिङललाई निरन्तर निरन्तर।

 

कन्चन्जुङ्घा  र कुम्भकर्णको काखमा
जन्मेर हिउँ र बरफहरुसंग खेल्दाखेल्दै
हुर्के बढेको  उ तर कसरि कोरियाको
माइनस उन्नाइस डिग्रीले उस्को हात झारी दियो
मुटु धड्कन सास नै  रोकि दियो ह?
मधेसको खेतहरुमा अचाक्ली गर्मीमा
हलो जोत्ने माछा मार्ने कसरी कोरियाको
डिग्री घाम्ले डढायो उस्लाइ?
यी सबालहरुले जवाफ माग्दै चिथोरिरहेछ
मेरो मन मुटु मथिङ्गललाई
निरन्तर निरन्तर ।

 

दस बर्से जनयुद्दमा छापामार हुदा
कैले नथाकेको उ
जनआन्दोलनमा हनुमान ढोका ,पृतना
को सामु कैले नझुकेको उ
अन्नपुर्ण म पाइला राख्दा
कैले नगलेको उ
किन कोरियाको कामसंग थाक्यो ?
किन आफैसंग झुक्यो ?
किन यो प्रदेसी माटोमा  गल्यो ?
यी सबालहरुले जवाफ माग्दै चिथोरिरहेछ
मेरो  मन  मुटु  मथिङ्गललाई
निरन्तर निरन्तर ।

 

घाटिमा पासो लाउनु अघि उस्ले पनि
सम्झ्यो होलानी
बुढा बा बुढी आमा
रहर लाग्दा भाइ बैनिहरु
अनि बाटो कुरेर बसेको खाली सिउदो
मुटु झिकी दिने साथिहरु
र स्वर्ग भुमीमात्रु भुमी नेपाल।
किन उस्को मन फर्केन
नफर्किने खोला जस्तै?
बगेको बग्यै गयो
को दोसि तिमी, म ,स्वयम उ, नेपाल सरकार
राजनेता , परिवार , रोजगारदाता ? यै
एउटा सबाल छोडेर अस्ताएको छ
एउटा बिहानी घाम कैले
नउदाउने  गरि ।
धरमपुर,झापा
हाल-दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...