Advertisement
SKIP THIS

कोरियामा जीवशास्त्रको अनुसन्धानमा व्यस्त डा. गुरुइ०


मञ्जु गुरुइ०

प्रदेशमा फुलेका हजारौ तमु प्रतिभा मध्ये एक हुन रितेश गुरुइ० । हाल दक्षिण कोरियालाई कर्मक्षेत्र बनाएका रितेश नेपालको पूवी पहाडी क्षेत्र सिन्धुली जिल्लाका बासिन्दा हुन् । कोरियामै वाइयोकेमेस्ट्री (जीव रसायनशास्त्र) मा   विद्यवारीधी  प्राप्त गरेपछि यही एक कम्पनीमा अनुसन्धानकर्ताको रुपमा हाल कार्यरत छन् । सन २०१६ मा दक्षिण कोरियाको आसन शहर स्थित  सनमुन विश्वविद्यालयबाट उनले जीव रसायनशास्त्रमा विद्यावारीधी  गरेका हुन् ।

कमलामाई नगरपालिका ७ , बर्देउटार सिन्धुलीका बासिन्दा उनको वास्तविक नाम रीत बहादुर गुरुइ० भएता पनि बैकल्पीक नाम रितेशबाट परिचित छन् । ३७ वर्षिय रितेश आमा लक्ष्मी कुमार गुरुइ० र बुवा हस्त बहादुर गुरइ०को छोरा हुन् । त्रिचन्द्र कलेजबाट स्नातक गरेपछि त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्रमा स्नाकोत्तर गरेका रितेश थप अध्ययनको लागि दक्षिण कोरिया आएका थिए ।

उनले नेपालमा रहदा पनि अन्तराष्ट्रिय विज्ञान सम्बन्धि जर्नलहरूमा अनुसन्धान लेख रचनाहरुको सहलेखन तथा प्रकाशन गरेका छन् भने जीव रसायन शास्त्रसंग सम्बन्धित एक पुस्तकको दुई अध्यायको सहलेखनको समेत अनुभव रहेको छ ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागिता एवं शोधपत्र प्रस्तुत् गर्नुका साथै नेपालका विभिन्न विद्यालय तथा कलेजहरुमा अध्यापन पनि गराएका छन् । तमु छोंज धिं, अस्कल क्याम्पसमा रहेर आफ्नो समुदायको उत्थानको काम गरेको अनुभव पनि उनीसंग छ ।

उनले स्नातकोत्तर सकेर नेपालमा ५ वर्ष जति पढाउने काम गरें। तर त्यही अवधिसम्मा उनीसंगै अध्ययन गरेका केही साथीहरुले विध्यावारिधी सकाइसकेका थिए। त्यो देखेपछि उनी चुप लागेर बस्न सकेनन् । त्यसैले  थप  अध्ययनको लागि  शिक्षण पेशा छाडी विदेश अध्ययन गर्न जाने बाटो खोज्न थाले ।  ठीक त्यहि समयमा कोरियाका विश्वविद्यालयहरुमा  नयाँ भर्नाको आवहान भैरहेकोले उनले आवेदन दिएँ, छनौट भई  पढ्न आएँ। कोरियामा  भर्ना हुन अन्यत्रभन्दा अलि सजिलो भएको नको अनुभव छ ।

कोरिया बसाइमा उनले कोरियालाई यसरी बुझे – सन् १९५० को दशकतिर द कोरिया नेपालजस्तै थियो भन्ने सुनेँ, पढें। तर अहिले द. कोरियाले हर क्षेत्रमा धेरै प्रगति गरिसकेको छ। संसार कै सबैभन्दा धेरै बजेट अनुसन्धान र विज्ञान प्रविधिमा खर्च गर्ने देशमा गनिने कोरियाको अनुसन्धान स्तरीय छ। यहाँका प्राय सबै प्राध्यापक र  अनुसन्धानकर्ताहरु अमेरिका र यूरोपबाट पढेर आएका हुनाले त्यतैको जस्तो अनुसन्धान संस्कार छ।

उनले थपे हामी जस्ता धेरै शिक्षित साथीहरू विदेशमा छौं। देशको वातावरण अलि राम्रो होस् अनि देश फर्की आफूले आर्जेको सीप र ज्ञानलाई त्यहाँ सदुपयोग गरौंला भन्ने सोंच सबैको छ। विशेषत विज्ञान र प्रविधीको क्षेत्रमा हामी धेरै पछाडि छौं। आज भोलि विस्तारै यो क्षेत्रले पनि काँचुली फेर्दैछ। यस क्षेत्रको विकास र विस्तारमा केहि गर्न सके पढेको र सिकेको सीप सदुपयोग गरी समाजको लागि केहि योगदान हुने थियो कि ।

उनले  नेपालमा वाइयोकेमेस्ट्रीको क्षेत्रमा गर्न सकिने कामहरु धेरै भएको धारणा राखे । नेपालमा पनि अन्तराष्ट्रिय स्तरका प्रयोगशालाहरु र अत्याधुनिक स्रोतसाधनको अभावमा गुणस्तरीय काम हुन नसकेपनि सामान्य अनुसन्धानहरु भैरहेको उनको भनाइ  छ। साथै कलेज र विश्व विद्यालयहरुमा  शोध र अनुसन्धानलाई अलि प्राथमिकता दिएर दक्ष जनशक्ति तयार गर्नु पनि आवश्यकता औलाए  । सरकार, अनुसन्धान संस्थाहरु र निजी क्षेत्र मिलेर निश्चित रोड म्याप तयार गरी अध्ययन अनुसन्धानमा लगानी गर्ने र विदेशिएका दक्ष जनशक्तिलाई फर्काई काम दिन सके यस क्षेत्रले पनि राम्रो उन्नती गर्ने आशा उनको छ ।

स्रोतः गुरुइ० न्यूज डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...