एकसाँझ–सोल टु सुन्धारा !


मिलनकान्छा किराती

घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । शायद, कोरियनहरु कामबाट फर्कदैछन । हिउँले नाङ्गिएका पहाडहरु फूलहरुले सजिदै छन । सुन्दरीहरु टु–पिसमा उभिएझै लाग्छ–थुम्काहरु । मनमोहक छ–दृश्यहरु । म जमिनमुनि रेल चढ्न ओर्लन्छु । यहाँको सरकार सडकमै आउँछ क्यारे ! र त कति सफा शौचालय, सडक र पेटीहरु ! एक नम्बरको लाइन पक्रेर पुग्नु छ इन्सादोङ ! भेट्नु छ कवि व्याँसिले जाबा अर्थात पत्रकार गणेश दाइ ! नेपालबाट हिजै आएर होटल एम्बास्डरमा बस्नु भएको म्यासेज इनबक्समा हेरिसकेको छु । त्रिवि उपकुलपतिलगायत शैक्षिक भ्रमणमा आउनु भएको हो । त्यसो त टीआईएदेखि इन्चोनसम्मको रोमाञ्चक सेल्फीले दाइको पर्याप्त जानकारी मिलिरहेकै थियो ।

पिलिक्क अर्को तस्बिर आयो । नामसान टावर घुम्दै हुनुहुँदो रहेछ । सोलको नामसान टावरले सुन्धाराको याद दिन्छ । विनाशकारी भूकम्पले सुन्धारामा धरहरा ढाल्यो । धरहरामात्रै ढालेन । धेरैको भविष्य ढाल्यो । करोडौँको मुडु विछिप्त बनायो । घरबार विहीन पा¥यो । रोदन, आँशु र अन्धकार थोप¥यो ।  सुन्धारामा धरहरा छैन । तर, सम्झना छ । सोलको नामसान टावर सुन्धाराको धरहरा उचाईमा फरक, वातावरण पनि फरक, भूगोल त त्यस्सै फरक, तर, अनुभूति उस्तै ! आकार–प्रकार पनि झण्डै उस्तै लाग्छ ।

हिउँद जाडो यामको कुनै दिन ! घट्टेकुलो मिर्मिरे एफ.एमको भवन पछाडी जहाँ साल्दाइ    (पूर्वमन्त्री गोपाल किराती) बस्नुहुन्थ्यो । जाडो छल्न सिरकमा दाजुभाइसँगै गुटमुटिएर बस्दै गफ गर्दा भन्नु हुन्थ्यो, ‘चन्द्रमाबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित ग्रेटवाल चाइनाका नागरिकले खूब गर्व गर्दारहेछन ! त्यस्तै अमेरिकाले लिवर्टी स्ट्याचु, फ्रान्सले एफिल टावर जस्ता प्रायः देशहरुको आफ्ना मानव निर्मित गर्वानुभूति गर्ने केही न केही चीज अवश्य सिर्जना गरिरहेका हुँदारहेछन । हामी चै प्रकृतिले दिएको त्यही एउटा सगरमाथा पहरो छ । पहरो हे¥यो । नाम लियो । गर्व ग¥यो ।’ उहाँ त्यतिखेर नेपालको पूर्वी भेगमा पर्ने ट्याम्के डाँडामा गणतन्त्र भ्यु टावर निर्माण अभियानमा सक्रिया हुनुहुन्थ्यो । अहिले पनि हुनुहुन्छ । साँच्चै प्रकृतिले दिएकोभन्दा मानवले नै निर्माण गरिएको वस्तुमा गर्व गर्नु महानता होला ! त्यसैले, गणतन्त्र भ्यु टावर बनिनु पर्छ । धरहरा पुनः निर्माण गरिनु पर्छ । सबैले दिल खोलेर सहयोगको हात अघि बढाउनु पर्दछ । हुन त कोरियाले पनि आफ्नो विकासको चमत्कार हान नदीलाई मान्ने गर्छ । तर, उनीहरु पर्यटकीय प्रवद्र्धन गर्न र गर्वानुभूति गर्न लायक मानव निर्मित चीज नामसान टावरहरु नै ठान्छन । हामीले विकास, समृद्धिको सफलतालाई सगरमाथाको चमत्कारको रुपमा लिन सक्छौँ । तर, गर्वानुभूतिको वस्तु मानव निर्मित नै निर्माण गर्नसके कत्ति गज्जप हुन्थ्यो होला ! हाम्रो परिश्रम, परिचयको प्रतीक, आस्थाको प्रतीक, स्वतन्त्रताको प्रतीक केही न केही यस्ता चीजहरु अरुको हेरेर पनि पाठ सिक्न सक्नुपर्ने हो । सकिरहेका छैनौँ । अवश्य, सिक्न सकौँ । सबै जुटौँ ।

सोल इन्सादोङ पुगेँ । बेलुका अँध्यारो छिप्पिदै थियो । होटलको बसबाट नामसान टावरबाट दाइहरु आईपुग्नु भयो । त्रिवि उपकुलपति प्रा.डा.तिर्थराज खनिया, शिक्षा सङ्काय डीन प्रा.डा. कृष्णप्रसाद गौतम, सानोठिमी क्याम्पस प्रमूख रामचन्द्र घिमिरे, शिक्षा विभाग महानिर्देशक बाबुराम पौडेल सबैसँग दाइले परिचय गराउनु भयो । कोरियामा त्यसरी उहाँहरुसँग भेट गर्न पाउनु आफुलाई भाग्यमानी सम्झन्छु । दाजुभाइ भेटिनु त झन साह्रै खुशीको कुरा भैहाल्यो । सबैजना उभिएर सेल्फी लियौँ ।

हामी दाजुभाइको सम्बन्ध रगतको हो, त्योभन्दा धेरै भावनाको हो । पच्चीसबर्ष पुरानो पत्रिका लिब्जु–भुम्जुबाट भाषिक, साहित्यिक, साँस्कृतिक आन्दोलनको हो । पत्रिका सम्पादन, साहित्य सिर्जना र विचार लेखनको अभियानले नै गणेश राई कान्तिपुर दैनिकको खाँचो बन्नुभयो । व्याकुल माइला राष्ट्रगानका रचनाकार बन्नुभयो । पुष्पहरि क्याम्पा राई, गजुरधन राई सञ्चार क्षेत्रमा सम्मानित हुनु त्यसैको उपज हो । हजारौँ लेखक, साहित्यकार, आख्यानकार लिब्जु–भुम्जुले जन्माईसकेको छ । म आफैलाई यस्तो लाग्छ, लेख्न सक्दिनँ । तर, मनमा लागेको कुराहरु धेरै नभए पनि दुईचार सावाँ, अक्षर ओकल्न सक्ने भएको छु । यो देन लिब्जु–भुम्जुको हो । तसर्थ, हाम्रो रगतकोभन्दा गहिरो भावनाको सम्बन्ध त्यहाँनेर छ ।

विभिन्न पठनीय कृतिहरुकोसाथै वाम्बुले राई मातृभाषाका प्रतिभा र केही सिर्जना कृतिलगायत लिब्जु–भम्जुका विभिन्न अङ्कहरु मेरो हातमा थमाईदिनु भयो । म खुशीले प्रफुल्लित भएँ । म जस्तो घुमन्तेसँग के हुन्छ र ! मैले दिनु के नै थियो र ! ङिच्च हाँसीदिएँ । युनिभर्सल फेमस गिफ्ट थ्याङ्क्यु भनिदिएँ । तर, दाइ गम्भीर भएर भन्दै हुनुहुन्थ्यो, ‘अब रेस्पोन्स लिने बेला आईसक्यो ।’ रातभर अबेलासम्म गफ ग¥यौँ । मानौँ, मैले जीवनमा पहिलोचोटी निकै दुर्लभ कोचिङ पढिरहेको छु । विहान नास्तापछि छुट्टिनेबेला उपकुलपति तीर्थ सरले भन्दै हुनुहुन्थ्यो, तपाईको बारेमा गणेश जीबाट धेरै सुनेको छु । भेटेर खुशी लाग्यो । मैले सबै जनासँग विदा मागेँ । त्यसपछि छुट्टियौँ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...