कोरिया सरकारले नेपालका लागि विशेष शिक्षामा थप सहयोग गर्ने


छाङवन, नेपालमा विशेष शिक्षा प्रवर्द्धनका निम्ति दक्षिण कोरियाली सरकारले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएको छ । छाङवन नेसनल युनिभर्सिटीको निमन्त्रणामा कोरिया आएका त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको उच्च नेतृत्व टोलीसित कोरिया सरकारका प्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् ।

छाङवन युनिभर्सिटीअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टनेसनल कोअपरेसन (लुपिक) ले त्रिविसित सन् २०१४ देखि विशेष शिक्षामा सहकार्य गर्दै आएको छ । त्रिविका उपकुलपति प्राध्यापक तीर्थराज खनियाको नेतृत्वमा उक्त परियोजनाको समीक्षा तथा सद्भाव भ्रमणमा कोरिया पुगेको टोलीसित कोरियाली सरकारका प्रतिनिधिले थप सहयोग र सहकार्यको प्रतिवद्धता जनाएका हुन् ।
कोरिया सरकार शिक्षा मन्त्रालयका इन्टरनेसनल कोअपरेसन ब्युरोका महानिर्देशक योनघाम चोइसित भएको औपचारिक भेट तथा छलफलबाट थप सहयोग प्रतिवद्धता पाएको त्रिवि उपकुलपति खनियाले बताए ।

नेपाललाई केन्द्र मानेर कोरियाली सरकारले विशेष शिक्षामा योगदान दिने लक्ष्य राखेको छ । विभिन्न प्रकारका अपाङ्ता भएका बालबालिकाको शिक्षाका निम्ति कोरियाले सहयोग गर्दै आएको छ ।

‘विशेष शिक्षामा कोरियाले गरेको विकासलाई हामी सबैले प्रसंशा गर्नैपर्छ,’ उपकुलपति खनियाले भने, ‘शारीरिक, मानसिकजस्ता कुनै न कुनै प्रकारले ठगिएका मानिसहरुलाई विशेष शिक्षामार्फत् पूर्ण जीवन जीउन यहाँको प्रगतिले सघाउ पुगेको देखिन्छ । त्यस अर्थमा दक्षिण कोरियासित सहकार्य गरी नेपालका अपाङ्ता भएका बालबालिका र नागरिकलाई शिक्षा दिनु उपयुक्त छ । त्यसनिम्ति कोरिया सरकारबाट सहयोगको संकेत पाइएको छ ।’

त्रिविमा विशेष शिक्षालाई प्राज्ञिक कार्य अगाडि बढाउन छाङवन युनिभर्सिटीसित सहकार्य भइरहेको छ । भ्रमणका क्रममा कोरियाकै उत्कृष्ट थेगु युनिभर्सिटीसँग सहकार्य गरी नेपाललाई विशेष शिक्षाको क्षेत्रीय रुपमा महत्वपूर्ण केन्द्रको रुपमा अगाडि बढाउने सोच बढेको समेत खनियाले जनाए ।

नेपाली टोलीले  छाङवन नेसनल युनिभर्सिटीका प्रेसिडेन्ड चोई हायबेअमलाई भेट गरी सुचारु रहेको लुपिक प्रोजेक्टको मूल्यांकन समीक्षा गरेको थियो । ‘प्रोजेक्टले त्रिविलाई चाहिने जनशक्ति उत्पादन गर्नमा ठूलो योगदान पुगेको छ ।  छाङवन नेसनल युनिभर्सिटीमा छ जनाले पीएचडी गर्दै गरेका छन् । प्रेसिडेन्टले नेपालको विशेष शिक्षा नीति र गुरुयोजना चाडै आउनु पर्छ भनेका छन् । विशेष शिक्षाको संस्थागत रुपमा अघि बढाइनु पर्छ भन्ने छ । यो आधारमा त्रिविले संस्थागत विकास गर्नेछ । छुट्टै विभाग गठन गरिने छ,’ खनियाले भने, ‘दक्षिण कोरियामै विशेष शिक्षामा योगदान दिंदैआएको पहिलो थेगु युनिभर्सिटीका प्रेसिडेन्ट डुकरयल होङले त्रिविसित सम्झौता (एमओयु) गरी अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । अब औपचारिकता दिनमात्र बाकी छ ।’

भ्रमणटोलीमा संलग्न त्रिवि शिक्षाशास्त्र संकाय डिन प्राध्यापक कृष्णप्रसाद गौतमका अनुसार लुपिकको सहयोगमा विशेष आवश्यकता शिक्षा २ वर्षे एमएड पाठ्यक्रम निर्माण भएको छ । चार वर्षे बिएड्को निम्ति पूरै लगानी गरेको छ । शिक्षक तयारीका निम्ति कोरियामा ७ जना नेपाली छात्रवृत्तिमा एमएड् र पीएचडी अध्ययनरत छन् । त्यसैगरी छोटो अवधिको शिक्षक तालिम, कम्प्यटुर शिक्षा संचालन गरिंदै आएको छ । विशेष आवश्यकता शिक्षाको गुरुयोजना निर्माण र दूरशिक्षा शिक्षणको व्यवस्थापनामा सहयोग गरेको छ ।

पाठ्यक्रम पाठ्यसामग्री निर्माण, कीर्तिपुर केन्द्रीय विभागमा स्नातकोत्तर तह सुचारु छ ।  सानोठिमी क्याम्पसमा स्नातक तहमा विशेष आवश्यकता शिक्षाको विकास तथा पठनपाठन भइरहेको क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जनाएका छन् । ‘अहिले बिएड्मा तेस्रो समेस्टरको पढाइ भइरहेको छ,’ भ्रमण टोलीमा संलग्न घिमिरेले भने, ‘यी जनशक्तिले विशेष शिक्षा पठनपाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने ठानेका छौं ।’

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कोरियाको सहयोग प्रति सराहना गर्दै भ्रमणबाट सहकार्यमा थप आयाम विस्तार भएको बताए । ‘शिक्षा मन्त्रालयको नेतृत्वमा तयार हुदै गरेको विशेष शिक्षा सम्बन्धी गुरुयोजना (मास्टर प्लान) को सही कार्यान्वयनका दिशामा यो भ्रमण कोशेढुंगा सावित हुनसक्ने विश्वास लिएको छु,’ विशेष शिक्षालाई संस्थागत रुपमा व्यवस्थापन गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन भइरहेको उल्लेख गर्दै उनले भने, ‘यसको दीगोपनका लागि मन्त्रालय र विभागले थप कदम अघि बढाउने छ । छाङवन युनिभर्सिटीले सहयोग गर्दै आएको छ । अब थेगु युनिभर्सिटीले विशेष शिक्षा प्रवद्र्धनको लागि कोइकामार्फत् छुट्टै केन्द्र स्थापना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । त्यसनिम्ति चाँडै विभागले प्रस्ताव अघि बढाउने छ ।’

लुपिक परियोजना प्रमुख प्राध्यापक दायङ जङले विशेष शिक्षाको निम्ति नेपाल र कोरिया बीचको सहकार्यलाई थप मजबुत बनाउन भ्रमण सफल रहेको बताए । ‘विशेष शिक्षा सबैको चासोमा पर्नुपर्छ र नेपालका लागि हामी (कोरियाली सरकार) निरन्तर सहयोग गर्न प्रतिवद्ध छौं, त्यसनिम्ति हार्डवेयर र सफ्टवेयरको दुवै पक्षको विकासमा सहयोग रहन्छौं । त्यसनिम्ति नेपाल सरकारले विशेष शिक्षाबारे स्पष्ट नीति र कार्यक्रमका साथसाथै छुट्टै केन्द्र विस्तार गर्न जरुरी छ ।’

कोरियन भाषा पठनपाठन

नेपाली युवाका निम्ति दक्षिण कोरिया रोजगारीको आकर्षक गन्तव्य बनेकाले त्रिविले कोरियाली भाषाको औपचारिक कक्षा संचालन गर्ने सोच अघि बढाएको छ । त्रिवि उपकुलपति खनियाले कोरियाली शिक्षा मन्त्रालय, छाङवन नेसनल युनिभर्सिटी र थेगु युनिभर्सिटीका पदाधिकारीसित भएको भेटमा उक्त प्रस्तावबारे छलफल अघि बढाएका हुन् । औपचारिक प्रस्तावलाई त्यहाँको सरकारले सकारात्मक रुपमा लिएको तथा त्यसबारे चाँडै औपचारिक पहल गर्ने प्रतिवद्धता जनाएको उपकुलपति खनियाले बताए । -कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...