नेपालीलाई जापान जान सहज हुने


फोनिज कोरिया संवाददाता
काठमान्डौ-नेपालमा बैशाख १२ र २९ को महाभूकम्पमा परि हजारौ मानिसले ज्यान गुमाउन पुगे भने लाखौ मानिसहरु विस्थापित हुन पुगेका छन् | त्यसै क्रममा त्रसित नेपालीहरुकोघाउमा मलम लगाउन अहिले अन्तरास्ट्रिय समुदाय आतुर रहेको देखिएको छ । उद्धार तथा पीडितहरुको राहतको लागि पनि अन्तरास्ट्रिय समुदायको भूमिका सर्हानिय रहेको थियो ।

 

विभिन्न देशले नेपालका भूकम्प पिडितलाई रोजगारको अवसर दिई रहेको बेला जापानले पनि भूकम्पका कारण क्षति पुगेकोले नेपालबाट जापान जान चाहनेको लागि जापान सरकारले आवेदनलाई केहि सहज बनाउने तयारी गरेको छ ।

 

जापानको लागि ‘विद्यार्थी पत्रिका’ सँगको टेलिफोन संवादमा जापानी अध्यागमन विभागका अधिकारीले नेपालमा गएको भूकम्पीय क्षतिलाई मध्यनजर गर्दे आवेदन सहजताको प्रयास गरिने जनाएका छन् ।
नेपालमा बैशाख १२ र २९ मा विनाशकारी भूकम्पले ठूलो मानविय क्षति तथा भौतिक संरचनामा आएको क्षतिका कारण जापान प्रबेश गर्न लागेका विद्यार्थीहरुलाई समेत समस्या परेको भन्दै उनीहरुको अवस्था बुझेर जापान प्रवेशलाई सहजता प्रदान गर्ने अध्यागमनले जनाएको छ ।

 

जापान जाने विद्यार्थी तथा अस्थाई वसोबास अनुमति पाएका व्यक्तिहरुको भिसा अवधि इलिजिविलीटी सर्टिफिकेट आएको मितिले ३ महिनामा सकिने हुँदा नेपालबाट प्रवेशलाई समस्या पर्ने भन्दै त्यसप्रति जापानको मुख्य चासो रहेको अध्यागमनले जनाएको छ ।

 

तर टोकियोको नियम अनुसार कुनै पनि एक आवेदनको लागि छुट्टै निर्णय गर्न मिल्दैन । तसर्थ नेपाली भूकम्प प्रभावित विद्यार्थी तथा अस्थाई वसोवास आवेदकको हकमा उक्त नियम के हुने भन्ने बिषय अझै पनि निर्णय हुन सकिरहेको छैन ।

 

तर पनि भूकम्पले पारेको प्रभावलाई आधार बनाएर विशेष निर्णय भने गर्न मिल्दछ । जापानमा अहिले १० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जापानमा विद्यार्थी सम्वन्धि अध्ययन गर्ने संस्थाहरुले जनाएका छन् ।

 

त्यस्तै भूकम्पको बेला उद्धार तथा पीडितहरुको राहतको लागि जापान सरकार तथा जापानी नागरिकहरुले सहायता प्रशंसनीय मानिएको थियो भने जापान, नेपालबाट अध्ययन तथा रोजगारीका लागि जाने आकर्षक गन्तव्य राष्ट्रको रुपमा लिने गरिएको छ ।नेपाल जापान  डटकम

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...