कोरियामा रहेका धरानबासीद्धारा संकलित भुकम्प राहत दोलखामा वितरण
फोनिज कोरिया संवाददाता-धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले नेपालमा गत बैंशाख १२ गते र २९ गते गएको विनाशकारी भुकम्पमा परी क्षतिग्रस्त क्षेत्रका पिडितहरुलाई प्रत्यक्षरुपमा राहत उपलब्ध गराउने उददेश्यले संकलन गरिएको रकम रु ३ लाख हस्तान्तरण गरिएको छ ।धरान कोरिया सहयोग समिति दक्षिण कोरियाका पुर्व सदस्यहरुले वि धरानेका संयोजक कुन्छन राईलाई सो रकम हस्तान्तरण गरिएको हो ।
गत बिहिबार एक कार्यक्रमको बीच सो रकम हस्तान्तरण गरिएको धरान कोरिया सहयोग समितिका अध्यक्ष डम्बर सुब्बाले बताए ।सो राहत वि धरानेले शुक्रबार नैं दोलखामा वितरण गरेको समेत अध्यक्ष सुब्बाले जानकारी दिए ।
वि धरानेले दोलखाको गैंरीमुदी गा वि स उपल्लोमुदी गांउका विपन्न परिवारलाई जस्ता पाता वितरण गरिएको हो ।त्यस्तैं त्यहांस्थित श्री कैंलेश्वर प्राथमिक विधालयका सम्पुर्ण कक्षाकोठाको लागि जस्ता पाता वितरण गरेको हो ।
धरान कोरिया सहयोग समितिले गरेको रकम संकलनमा सहयोग गर्नुहुने कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।