कोरियन बाल-बालिकाको पत्र र मेरो संवेदना


राजाराम बर्तौला

‘नेपालको लागि प्रार्थना गरौं’ र ‘म संधै नेपालको लागि प्रार्थना गर्दछु, कहिले पनि आशा नत्यागौं ।’

प्रिय नेपालका मित्रहरु, नेपालमा गएको भूकम्पले म साह्रै दु:खी छु । यो महाभूकम्पमा परी धेरै मानिसको ज्यान गएछ । यो दु:खबाट म पर हुन सक्दिन । म जस्ता धेरै साथीहरु र मित्र देशहरु पनि सहयोगको लागि आउने छन् होला । एकै पृथ्वीमा बस्ने हामी सवै मित्र हौं र तपाईहरुको दु:खमा हामी उत्तिकै दु:खी छौं ।’

प्रिय नेपाली मित्रहरु, यस्तो दु खद समयमा के भन्न पर्ने हो मलाई थाहा भएन, तर मलाई समवेदना व्यक्त गर्न दिनु होला । साथीहरु मलाई थाहा छ यो चोटबाट मुक्त हुन अवस्य नै धेरै दिन लाग्ने छ । यस्तो अवस्थामा म तपाईहरुसंगै यस विपत्तिबाट मुक्तिको लागि प्रार्थना गर्दछु ।’

यस विपतमा म स्वयम् नेपाल आएर तपाईहरुको मद्धत गर्न चाहन्छु । मलाई थाहा छ त्यहां खाने कुरा, पानी, दवाई र वस्ने स्थानको व्यवस्था गर्न आवस्यक छ । म अहिले तत्काल आउन नसकेको हुंदा यो पत्र सहित सानो सहयोग नेपाली राजदूतावास मार्फत पठाएको छु । आशा छ तपाईहरु स्वस्थ्य रहनु हुने छ र विश्वास र दृढताका साथ आफ्नो मुलुकको निर्माण गर्नु हुनेछ ।’

कोरियाको प्राथमिक तहमा पढ्ने सानासाना भाई वहिनीहरुले नेपालमा हालै गएको विनासकारी महाभूकम्पले पुर्‍याएको त्रासदीयुक्त प्राकृतिक विपत्तिलाई सम्वोधन गर्दै एकताभाव प्रदर्शन गर्दै आफ्ना पत्रहरु मार्फत व्यक्त गरिएका भावनाहरु हुन् यी माथीका हरफहरु । यी भाईवहिनीहरुले दिएको सन्देश मार्मिक त छ नै मुलत: भविश्य निर्माणको लागि आशावादी हुन प्रेरित गर्दै भौगोलिकरुपमा जतिसुकै टाडा रहेपनि प्राकृतिक विपतमा मानवीय संवेदनाहरुले हामीलाई एकै वनाउंदो रहेछ भन्ने पनि सन्देश दिएको छ ।

नेपालमा हालै गएको विनासकारी महाभूकम्पले नेपाली जनजीवनमा पारेको क्षतिबाट जानकार नहुने मानिस विरलै होलान् । भूकम्पको केही दिन विश्वभरीका टेलिभिजनका च्यानलहरु र छापा पत्रपत्रिकाहरु नेपालमा गएको महाभूकम्पले पुर्‍याएको मानवीय र भौतिक क्षतिका भिडियो तस्बीरहरुका साथ अन्य क्षतिका दृस्य र विवरणहरुले भरिएका थिए । नेपालीहरुको जीवनमा अप्रिल २५ को दिन एउटा अविस्मरणीय महाविपत, त्रासदीयुक्त महापिडकको रुप लिएर आएको थियो । यो दिन लाखौ नेपालीको आश, वास, कपास र गांस खोसेर हजारौलाई शोक र पिडामा डुवाएर गएको छ । कहिल्यै नमेटिने घाउ दिएर गएको छ ।

लाखौ मानिसहरु महिना दिनदेखि खुला आकाशमुनी कोही र कोही प्लास्टिकको छानामा ओत लागेर बस्न पर्ने वाध्यात्मक अवस्था रहेको छ । सरकारी निकाय, सुभेच्छुक र मनकारीहरुले वितरण गरेको राहतमा बांच्नु परेको टिठ लाग्दो अवस्थामा वालक, बृद्ध, असक्त एवम् महिलाहरु आफ्ना पृयजनहरु गुमाउनु र घरवार विहिन हुनुको पिडालाई खै कसरी सहिरहेका होलान् । भूकम्पले दिएको विभत्स चित्रहरु हेरेर भावुक नहुने कमै मानिस होलान् ।

यो विपतको घडीमा कोरियामा देखिएको समवेदनाका स्वरहरु र नेपाल र नेपालीहरुको लागि प्रार्थना गर्ने मानिसहरुको संख्या ठूलो छ । कोरियाको सरकार, यहांको मिडिया, र यहांको जनता नेपाल र नेपालीको पिडामा दु:खी भएका छन् । भूकम्प गएको दिनदेखि आजसम्म पनि समवेदना व्यक्त गर्ने र नेपाल पुर्ननिमाणको लागि आशा लाग्दो एकताभाव प्रदर्शन गर्नेहरुको कम भएको छैन । यी सवै पृयजनहरुप्रति कृतज्ञता प्रकट गर्दै धन्यवादका शव्दहरु वाहेक वहाहरुलाई अरु के नै दिनसकिन्छ र ।

यो विपतको घडीमा कोरियाका ससाना नानीहरुले नेपालप्रति देखाएको अभूतपूर्व प्रेम र एकताभाव सहित उनीहरुका प्रिय सखा नेपाली वालवालिकाहरुलाई पठाएको सन्देश निकै मार्मिक र अर्थपूर्ण रहेको छ । यी नानीहरुलाई आफ्ना आमाबुवाले खाजाको लागि दिएको सानो सानो रकम भूकम्प पिडितको लागि भन्दै चन्दा दानपत्रमा दान गर्दै आफ्नै हातले सन्देशका पत्रहरु लेखी पठाएका छन् । कोरियाको स्कूलहरुमा पढ्ने ससाना वालवालिकाहरुले नेपालका सवै वालवालिकाहरुको नाममा पठाएको सन्देशले म बिह्वालित भएको छ | यो सन्देश नेपालका सवै वालवालिका र युवायुवतिहरु माझ पुगोस् भन्ने कामनाले यस लेख मार्फत प्रेषित गरेको छु ।

यी जस्तै अरु धरै भाइबहिनीहरुले आफ्नो खाजाको पैसाबाट नेपालका भूकम्प पिडितहरुलाई सहयोग गरेका छन् । यी कोरियन भाइबहिनीहरु निर्मल कामनाले गरेको सहयोग अवस्य नै खैर जाने छैन । एउटाको पिडा अर्कोले बुझन सक्नु र त्यसलाई भावनात्मकरुपमा व्यक्त गर्नसक्नु असल शिक्षाको गुण हो भन्ने लागेको छ ।

कोरियादेखि सन्देश पठाउने यी भाई वहिनीहरुप्रति हामी आभारी छौं । हाम्रो घर भत्केको छ, स्कूल लडेको छ, सांस्कृतिक धरोहर स्मारक डलेको छ तर हाम्रो संस्कार ढलेको छैन । हाम्रो विश्वास, आस्था र निश्चयता लडेको छैन । हाम्रा असल मित्रहरुको आड भरोसा र हाम्रा आफ्नै पौरखी हातहरुले हामी निर्माण गर्ने छौं हाम्रा घरहरु, वस्तीहरु, स्मारकहरु र आस्थाका मन्दिरहरु । हामी हाम्रा विद्यालयहरु निर्माण गर्ने छौं र शिक्षाको पारिलो घामबाट हाम्रा वालवालिकाहरुको उज्यालो भविश्यको महापथ निर्माण गर्ने छौं । नेपाल निर्माणमा हामी सवैको मन, वचन र कर्म जोडिन आवस्यक छ ।
सोल,दक्षिण  कोरिया
(लेखक सोलस्थित नेपाली दूताबासका उपनियोग प्रमुख हुन् )

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...