Advertisement
SKIP THIS

सोनसिकद्वारा ५ औ सैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न


नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा गरेको २ दिने सैक्षिक सेमिनार भव्यतापूर्वक  सम्पन्न भएको छ । जनवरी १४-१५ मा आयोजना भएको ५ औ सैक्षिक सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा केहि कोरियन अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले सहजकर्ताको भूमिका निभाउनु भएको थियो । कार्यशालाले खोजपत्र लेख्ने उदेश्य राखेका बिद्यार्थी तथा अनुसन्धानकर्तालाई ठुलो सहयोग मिल्ने कुरा सोनसिकका उपसभापति तथा कार्यक्रमका समन्वयक श्री देबेश झाले जानकारी गराउनु भयो ।
त्यसै गरि दोश्रो दिनमा आधारभूत तथा चिकित्सा विज्ञानमा अनुसन्धानको बिषयमा ओरल प्रेजेन्टेसन कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली राजदुतावासका का. राजदुत किरण शाक्यको प्रमुख आतिथ्य तथा सोनसिक सभापति आराजना श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आउनु भएका बिज्ञहरुबाट आफ्नो विज्ञताको क्षेत्र अन्तर्गत विभिन्न बिषयहरुको प्रेजेन्टेसन दिनु भएको थियो । यसका साथै कार्यक्रमका प्रमुख वक्ता, कुमामोटो यूनिवर्सिटीका, जापानका प्राध्यापक डा. हरि देवकोटाले जापान तथा अन्य देशहरुको शिक्षा प्रणाली र अबस्था तथा औषधीजन्य बनस्पतिको अनुसन्धानका साथै नेपालमा औषधीजन्य बनस्पतिको अनुसन्धानको चुनौती र सम्भावनाबारे विस्तृतरूपमा जानकारी गराउनु भएको थियो।
सो कार्यक्रममा अनुशन्धान तथा जानकारीमुलक ४० वटा पोस्टर प्रेजेन्टेसन पनि गरिएको थियो । सहभागीहरुले आफुले गरिरहेको अनुशन्धानका साथै कोरियामा रहदाको अनुभब लगायत विभिन्न बिषयको पोस्टरहरु राखेर त्यसको बारेमा जानकारी गराउनु भएको थियो । उत्कृष्ट पोस्टर प्रेजेन्ट गर्ने ५ जनालाइ प्रमाण पत्र तथा नगद पुरष्कारको व्यवस्था गरिएको थियो ।
समग्रमा कार्यक्रम निकै सफलतापूर्वक आयोजना गरिएको तथा सो कार्यक्रम मार्फत बिज्ञान तथा प्रविधि क्षेत्रमा अध्यन, अध्यापन तथा अनुशन्धान क्षेत्रमा कार्यरत व्यक्तिलाइ विभिन्न क्षेत्रहरुको बारेमा नया कुराहरु जानकारी मिल्ने, तथा विभिन्न क्षेत्रका विज्ञहरु संग अनुभब साट्न मिल्ने मौका मिल्ने कुरा झाले जानकारी दिनु भयो । सोनसिकले यस अघि पनि बिद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोनसिकले कोरियामा विभिन्न क्षेत्रमा छरिएर रहेका विद्यार्थी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई समन्वय तथा सहयोग गर्दै आएको छ । प्रावासमा रहदा यस्ता किसिमका कार्यक्रमहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम पनि गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...