Advertisement
SKIP THIS

हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो


 

हङकङ , हङकङ प्रबासी नेपाली एकता समाज हङकङले जनवरी १५ तारिख आइतबार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डनमा मनाएको पृथ्वी जयन्ती एवं एकता दिवस कार्यक्रममा बोल्दै प्रमुख अथिती हङकङ स्थित नेपाली महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले भने, ‘हामी जहाँ रहे पनि नेपाली भनेर चिनिनु पाउँदा गर्व लाग्छ । हामीलाइ पृथ्वीनारायण शाहले जुन एकताको सुत्रमा बाधेर जानू भयो । त्यसैले एकता नै बल हो र यसरी नै हामी एकता भइ साथ साथ अघि बढ्यौ भने  हाम्रो रास्ट्र समृद्ध बन्न सक्छ ।’
राष्ट्रिय गानका साथ पृथ्वीनारायण शाहको फोटोमा पुष्प गुच्छा चढाइ शुरु गरिएको उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रवाश स्थित भातृ सगठन विभिन्न समाजिक संधसंस्थाहरुको ब्यापक उपस्थित रहेको थियो । इश्वर बिक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानवारे नेपाली जन सम्पर्क समिति हङकङका सभापती जगत शाह ,चेम्बर अफ कमर्सका अध्यक्ष दासुराम पराजुली हङकङ नेपाल ब्यापार संधका अध्यक्ष प्रकाश पुन, एन आर एन हङकङका अध्यक्ष ललित सुब्बा , झापा सम्पर्क मन्च हङकङका अध्यक्ष छत्र सुब्बाले प्रकाश पारेका थिए । सबै बक्ताहरुले त्यो समयमा हामिलाइ यदि यसरी नेपाल एकीकरण नगरी दिएको भए हामी एसरी नेपाली भन्न कहाँ पाउथ्यौ र देशले बिदेशी पाहुना आउदा सार्वजनिक बिदा दिन हुने तर रास्ट्र निर्मातालाई बिर्सने काम गर्यो भनेर रोस प्रकट गरेका थिए ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य तुलसी उप्रेतीले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव पुकार शाहले गरेका थिए । कार्यक्रमको अन्तिममा अध्यक्ष इस्वर बिक्रम शाहले सबैलाइ धन्यवाद दिन्दै हाम्रो एकतामा नै सबैको जित छ हामी फुट्यौ भने हाम्रो अस्थित्व नै रहन्दैन समृद्ध रास्ट्र बनाउन वहाको दिब्य उपदेशलाई मध्य नजर गरि हामी एक भएर अगाडि बढनु नै आजको अपहार्यता हो भन्दै कार्यक्रम बिषर्जन गरेका थिए ।

स्मरण रहोस प्रवासी नेपाली एकता समाज राप्रपा नेपालको भातृ सगठन को रुपमा २०१६ मा मात्र स्थापना भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...