Advertisement
SKIP THIS

कोरियामा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म


दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म खुला गर्ने भएको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि प्रमुख शहरहरुमा आवेदन खुला गरेको हो |
आयोजनाका अनुसार सुवन आसपासका क्षेत्रका लगानीकर्ताहरुले सुवनमा रहेको लिंक एसियाको कार्यालयबाट आवेदन दिन सक्नेछन | सलनालका हरेक दिन तोग्देमुनमा आवेदन संकलन गरिनेछ | थेगुको तारा रेस्टुरेन्टमा जनवरी २२ मा आवेदन संकलन गरिनेछ | त्यस्तै किमेमा किमे माइग्रेन्ट सेन्टरमा फेब्रुअरी ५ आइतबारका दिन आवेदन संकलन गरिने छ | बुसानमा आवेदन संकलन केन्द्र अर्को साता तय गरिने कम्पनीले जनाएको छ | आवेदनका लागि नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्ने आयोजनाले जनाएको छ |
कम्पनीका अनुसार शेयरधनी प्रमाण पत्र कोरियामा प्राप्त गर्न चाहनेहरुको लागि कोरियामा नै उपलब्ध हुनेछ | कम्पनीका अनुसार आवेदकहरुले लगानी बापतको रकम फेब्रुअरी अन्तिम सम्ममा सानिमा बैंकको खातामा जम्मा गर्नुपर्नेछ | लगानी कर्ताले न्युनतम एक लाख रुपयाँको आवेदन दिनुपर्नेछ | रु १०० का दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ | तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ | निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत लाभांश कम्पनीबाट प्राप्त गर्नेछन | आयोजना सम्पन्न पश्चात उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ |
आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ | उर्जा उत्पादकहरुलाई सरकारले प्रति मेघावाट ५० लाख भ्याट छुट दिनु , लमजुंग जिल्लालाई हाइड्रो मैत्री जिल्ला घोषणा गर्नु तथा सरकारले जलबिद्युत कम्पनीहरुलाई बिशेष महत्वका साथ प्राथमिकतामा राखेको हुनाले हाइड्रोको लगानी प्रतिफल दिने उपयुक्त माध्यम बनेको छ | साथै दोश्रो बजारमा खोलिएको आइपिओ (Initial Public Offering) र एफपीओ (Further Public Offering) मा लगानी अनुसारको शेयर प्राप्त नहुने हुनाले अग्राधिकार शेयरमा लगानीकर्ताहरुको रुची देखिएको छ |
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ | आयोजना संचालक समुहले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ |
कम्पनीले गत महिना रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ | कम्पनीमा हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको संचालक समिति छ | दक्षिण कोरियामा दोर्दी एक जलविद्युत आयोजनाको अग्राधिकार शेयरका लागि आरपी देवकोटा- ०१०५८७७५५१२, लिलु डुम्रे -०१०२२६२६४३० र खेम कार्की -०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ  |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...