Advertisement
SKIP THIS

कोरिया पुनह प्रवेश गर्न पाउने सिविटी परिक्षा २०१७ को लागि स्थगित


सउल,

सिबिटी पास गरि फर्कने युवाहरुको संख्या बढेपछि दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परिक्षा स्थगित गर्ने भएको छ । पुनः प्रवेशका लागि सिबिटी पास गरि प्रतिक्षा सुचीमा धेरै कामदारहरु रहेकोले यस बर्षका लागि सिबिटी रोक्ने निर्णय गरिएको हो ।

सिबिटी पास गरेर लामो समय रोस्टरमा रहेका युवाहरु कोरिया प्रवेश गर्न असमर्थ रहेकोले श्रम मन्त्रालयले इपिएस लागु गरिएका १६ देशमा सिबिटी परिक्षा रोक्ने निर्णय गरेको हो । सिबिटी पास गरेको दुइ बर्ष भित्रमा कम्पनीबाट माग नभएको अवस्थामा रोस्टरबाट स्वत नाम हटाउने गरिएको छ । दुइ पटक स्वास्थ्य परिक्षण गरि कामदारहरु प्रतिक्षारत छन ।

तिन बर्ष कोरिया बसेर फर्केकाहरुको लागि २०१३ देखि सिबिटी परिक्षा प्रणाली शुरु गरिएको थियो । हालसम्म १५ चरणमा सिबिटी परिक्षा भएको छ । इपिएस कार्यलयका दिएको जानकारी अनुसार एक हजार दुइ सय भन्दा बढी कामदारहरु वेटिंग लिस्टमा छन । १६ देशमा संचालित सिबिटी परिक्षाबाट पास भएर प्रतिक्षा सुचीमा रहेकाहरुलाई २०१७ मा कोरिया फर्कन अवसर दिने मन्त्रालयको तयारी छ ।

सिबिटी परिक्षा २०१७ को लागि स्थगित गर्ने निर्णयमा मन्त्रालय पुगेपनि मातहतका बिभाग तथा विदेश स्थित इपिएस कार्यलयलाई जानकारी केहि दिन पछि गराउने जनाइएको छ । प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राईले मन्त्रालय तहमा निर्णय भइ परिपत्रको प्रक्रियामा रहेको जानकारी प्राप्त भएको बताए । राइका अनुसार औपचारिक जानकारी एच आर डी कार्यालयलाई पनि हालसम्म पठाइएको छैन ।

इपिएस कार्यालयले सिबिटी रोकिएको आधिकारिक पत्र प्राप्त नभएको जानकारी गराएको छ । इपिएस कार्यालय निर्देशक बाबुराम खतिवडाले सिबिटी परिक्षा २०१७ का लागि स्थगित बारे औपचारिक तथा अनौपचारिक जानकारी नआएको बताए । उनले भने १५ औ चरणको सिबिटी परीक्षा पश्चात १६ औ चरणको परिक्षा संचालन गर्ने नगर्ने बिषयमा जानकारी दिईएको छैन ।

सिबिटी स्थगितको कारणले अवैधानिक नेपाली बढ्नसक्ने प्रति खतिवडाले चिन्ता व्यक्त गरे । बैदेशिक कामदार नीति निर्धारण समितिले नेपालीहरु सबैभन्दा कम गैरकानुनी रुपमा बसेको गत महिना तथ्यांक निकालेको थियो । अवैधानिक नेपाली कामदारहरु सात सय ७३ जना रहेको उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...