Advertisement
SKIP THIS

कोरियामा जात्राको प्रसंसा


 
सोल, नेपाली चलचित्र ‘जात्रा ‘ ले प्रदर्शनको ५१ दिन मनाएको छ । हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो । नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन ।
दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए । उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको तारिफ गरे । चलचित्रको कथाबस्तुले लोभ्याएको उनिहरुले प्रतिक्रिया दिए ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा प्रदर्शित जात्रा जनवरी ८ मा छिन्छ्न र थेगुमा लाग्दैछ भने सोलमा जनवरी १५ मा प्रदर्शन गरिने छ । नेपालमा ५१ दिनको व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रलाई ति स्थानका दर्शकहरुले व्यग्र प्रतिक्षा गरेका छन । परोपकारी कोष स्थापनाका लागि प्रदर्शित चलचित्रको शोका लागि ति सबै स्थानहरुमा तयारी पुरा गरिएको छ ।
दक्षिण कोरियामा पहिलोपटक जात्रालाइ छिन्छ्न शहरमा मेघा बक्स हलमा प्रदर्शन गर्न लागिएको छ । मेघाबक्स सिनेमा हल अत्याधुनिक अन्तराष्ट्रिय सिनेमा हल हो । मौलिक संबाद र कलाकारको प्राकृतिक अभिनयले दर्शकको मन तानेको छ । रंगमंचबाट ठुलो पर्दामा आएका बिपिन कार्की ,रबिन्द्र सिंह बानिया रबिन्द्र झाको संबाद कलालाई धेरैले मन पराएका छन ।
नेपाली चलचित्र नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेकी वर्षा राउतले एकपछि अर्को सफलता हात पारेकी छन छक्का पन्जामा दरिलो अभिनय गरेकी राउतको जात्राको अभिनय दमदार रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...