Advertisement
SKIP THIS

ईपीएसबाट फर्केकालाई ५% ब्याजमा ऋण


फोनिज कोरिया संवाददाता
काठमाडौ – रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पुरा गरेर फर्केका नेपाली कामदारले ५ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण पाउने भएका छन् ।

कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी  कार्यविधि २०७२ को प्रारम्भिक मस्यौदामा उद्यम ब्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै पाँच प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने ब्यवस्था गरिएको हो । पाँच प्रतिशतभन्दा बढी ब्याजमा भने कामदारले सरकारबाटै अनुदान पाउने भएका हुन् ।

 

 

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई करारअवधि सकिनेवित्तिकै फर्किन उत्प्रेरित गर्ने उद्देश्यले ब्यवसाय गर्न ऋण दिने ब्यवस्था अगाडि सारिएको हो ।

 

 

दक्षिण कोरियामा एक लाख लागतमा जाने नेपाली कामदारले मासिक करिब डेढ लाख रुपैयाँ पारिश्रमिक पाउँछन् । त्यही कारण नै नेपाली कामदार आकषिर्त भई न्यून कोटामा पनि हजारौंले आवेदन दिन्छन् । कोरियाले प्रत्येक वर्षको कामदार कोटा छोट्याउँदा कामदारको अवैधता तथा कामदार पठाउने प्रक्रियामा पारदर्शिता हेर्ने गर्छ ।

 

 

कार्यविधि लागू भएपछि बैंकले कामदारबाट ब्याज अनुदानबाहेक ५ प्रतिशतभन्दा ब्याज नलिने गरी कर्जा लगानी गर्नुपर्नेछ । कर्जामा लिइने ब्याजमा अन्य निकायलाई दिनुपर्ने बिमा शुल्क, कर्जा सूचनासम्बन्धी शुल्कजस्ता शुल्कबाहेक सेवा शुल्क लिन पाइने छैन ।

 

 

बैंकलाई ब्याजमा अनुदान प्राप्त हुने गरी प्रवाह गर्ने कर्जाको शुरुमा २० करोड रुपैयाँ सीमा हुनेछ । ब्याजमा अनुदान दिइने कर्जाको भुक्तानी अवधि ५वर्षको हुने मस्यौदामा उल्लेख छ ।-कारोबार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...