कोरियामा दोर्दी खोला जलविद्युतको शेयर खुला


दक्षिण कोरिया

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर खुला गरेको छ । दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको हो ।

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ ।
अग्राधिकार शेयर ४ बर्ष अर्थात २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार शेयरमा बार्षिक ७.५ प्रतिशत प्रतिफल दिने कम्पनीको योजना रहेको छ। शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्नेछन्र
निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ ्र आयोजना सम्पन्न पश्चात उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ । आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ ।
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ । साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ । आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ ।
लगानीकर्ताले न्यूनतम एक लाखको अग्राधिकार शेयर खरिद गर्नुपर्ने हुन्छ ्र दक्षिण कोरियामा सोल ,सुवन, थेगु ,बुसान ,आन्सान लगायतका शहरबाट शेयर आवेदन दिन सकिनेछ ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ्र ।

यसै कम्पनीले गत साता मात्रै रुकुममा ४।३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ । कम्पनीमा हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु संचालक समितिमा रहेका छन् ।

दक्षिण कोरियामा दोर्दी एक जलविद्युत आयोजनाको अग्राधिकार शेयरका लागि आरपी देवकोटा( ०१०५८७७५५१२,
लिलु डुम्रे (०१०२२६२६४३० र खेम कार्की (०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ ्र

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...