Advertisement
SKIP THIS

ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट


दक्षिण कोरिया, स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ ।
स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो लगाएका कलाकारहरुमा सागीतिक र हाँस्य क्षेत्रमा चर्चित अनुहारहरु छन । संग्बुक कुमिन यसंग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेको हल ) मा परिवारले सांगीतिक कार्यक्रम राखेको छ । स्याङ्गजा परिवारले निम्त्याउने कलाकारमा चर्चित मोडल तथा डान्सर एलिसा राई ,सुगम तथा गजल गायक शिव परियार ,पप तथा आधुनिक गायिका आस्था राउत छन । त्यस्तै लोक दोहोरी गायक शिव हमाल र लोक दोहोरी गायिका कृष्णा गुरुङ र हाँस्यकलाकार निर आलेमगर छन ।
लुट -२ फिल्म मार्फत रजतपटमा दरिलो उपस्थिति देखाएकी डान्सर एलिसा राईले ठमेल बजार गित मार्फत दर्शकको वाहवाही बटुल्ने छिन । गत एक महिनाको समयावधिमा राईको नाच रहेको ठमेल बजार गित यु ट्युबमा ४२ लाख बढी दर्शकले हेरेका छन् । सुगम तथा गजल गितहरुमा स्रोताको मन जित्न सफल शिव परियार मनोरंजनका अर्का आकर्षण हुनेछन । युवा पुस्ताको संगीतको प्यास मेटाउन पप तथा आधुनिक गायिका आस्था राउतले स्टेज तताउनेछिन । दोहोरी पारखीहरुका लागि स्टेजमा अनवरत दोहोरी घम्साघम्सी खेलेर शिव हमाल र कृष्णा गुरुङले भरपुर मनोरंजन दिनेछन ।
पछिल्लो समय हास्यव्यंग्यमा जमेका कलाकार निर आलेमगर कार्यक्रमको थप रौनक निर आलेमगर हुनेछन् । आधिखोला सांगीतिक सौगात बिगतका भागहरु जस्तै यो पटक पनि शानदार रहनेमा सस्कृति बिभाग संयोजक सिपि मगर ढुक्क देखिए । स्याङ्गजा परिवारले ऑधीखोला सांगीतीक सौगात -५ सफल बनाउन मूलआयोजक समितिको मातहत रहने गरी उपसमितिहरु गठन गरेको छ । उपसमितिहरुमा हल ब्यबस्थापन , संस्कृति बिभाग , प्रचारप्रसार , आर्थिक ब्यबस्थापन रहेका छन ।
परिवारले गठन गरेका अन्य उपसमितिहरुमा अतिथि सत्कार, स्वमसेवक परिचालन र यातायात ब्यबस्थापन छन । यसै बीच सांगीतिक सौगातलाई सफल बनाउन स्याङ्गजावासीहरुको आगामी आइतबार नेपाल हाउसमा तयारी बैठक डाकिएको स्याङ्गजा परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...