कोरियामा डब्लु.पि.एसको माग गर्दै अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न


सउल ,

दक्षिण कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउलको ख्वाइ०ह्वामुन्नमा सम्पन्न भएको छ ।

श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको प्रवसी मजदुरहरुको बिभीन्न कारणले ज्यान गएको खबरले हामीलाई दुखि तुलाएको भन्दै साहनुभुती राख्नुभयो ।

दिवसको सभालार्इ सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राइले कोरियामा एमटियुले धेरै पहिले देखि प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित हुने वार्क परमीड सिस्टम (डब्लुपीएस) लागु गर्ने माग गरिरहेको भए पनि सरकारले बेवास्ता गरिरहेको छ । जसले गर्दा प्रवासी मजदुरहरु कम्पनीमा जबर्जस्तीकाम गर्न बाध्य भएको र प्रवासी मजदुरमाथि गरिने भेदभाब कम हुनको साटो झन बढेको गुनासो पोख्नुभयो ।

एमटियु प्रचार प्रसार प्रमुख मधुसुदन ओझाले हामी कोरियामा आर्थिक श्रम गर्न आएका विदेशी कामदारहरु औधोगिक दुर्घटना वा सुतेकै अवस्थामा मृत्यु वा मानसिक तनाबका कारण आत्मा हत्या जस्ता विभिन्न कारणले वार्षिक सयको हाराहारीमा मृत्यु भएको बताउनुभयो ।

त्यसैले स्वइच्छाले कम्पनी परिबर्तन गर्न नपाउने ,थेजिक्गुम कोरियाम नपाउने जस्ता इपीएसको नियमले युवा प्रवासी मजदुरको मृत्यु र आत्महत्या बढी रहेको छ प्रस्टाउनुभयो । प्रवासी मजदुरहरु मृत्युको संख्या कम गर्न मजदुर हक अधिकार सुनिस्चित हुने वर्क पर्मिट सिस्टम (डब्लुपिएस) को लागि सबै एकजुट हौ भन्दै आग्रह गर्नुभयो ।

कोरियन प्रजातान्त्रिक मजदुर महसंघ (केसिटियु) को कार्यबाहक अध्यक्ष छोय जोम्ग जिनले आज सम्पूर्ण प्रवासी मजदुरको आधारभुत अधिकार सुनिश्चित गर्नकोलागि संग्युक्त राष्ट्रसंघले डिसेम्बर १८ तारिखलाई अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस घोषणा गरेको जानकारी गराउनुभयो । पुजीबादीहरु विश्वमा छरिएर प्रवासी मजदुर ,शरणार्थीहरुलाई शोषण गरिरहेको भन्दै कोरियन सरकारको भेदभाब र दबाब युक्त नीति नियमको केसिटियु घोर बिरोध गर्ने थप्नुभयो । केसीटियु आइएलओको सदस्य भएको २५ बर्ष भैसक्यो तर अझै मजदुरहरुको हक अधिकारलाइ मान्यता नदिएको गुनासो गर्नुभयो ।,

त्यस्तै कम्बोडिया समुहको प्रतिनिधि सुरेनाले कोरियामा कम्पनी मालिक र रोजगार केन्द्रको कर्मचारीको लापरबाहीको कारण धेरै प्रवासी मजदुरले दुख कस्ट भोगिरहेको बताइन ।बिशेष गरेर कृषि क्षेत्रको मजदुरले समयमा तलब नपाउने ,अतिरिक्त समयको ज्याला नदिने ,खाने बस्नेको पैसा जथाभावी काट्ने गर्नाले तलब कम पाउने गरेको ,बिरामी भएको अवस्थामा पनि स्वोदेश फिर्ता पठाई दिन्छु भनि धम्कि दिने , महिलालाइ यौन दुर्ब्यबहार गर्ने जस्तो गतिबिधि बढीको भन्दै सम्बधित निकायले सुधारको लागि ध्यान दिन माग गरीन् ।

त्यस्तै थाईल्याण्डको प्रतिनिधिले पनि कोरियामा १लाख थाई प्रवासी मजदुरहरु अधिकार बिहिन काम गरिरहेको अवस्था औल्याउदै उनीहरु लगाएत सबै प्रवासी मजदुरको अधिकार सुनिस्चित हुने कानुन सम्बधित निकायले चाडो लागु गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा कोरिया आएर कम्पनीमा काम गर्ने क्रममा बिभिन्न कारणले ज्यान गुमाएको प्रवासी मजदुरको सम्झनामा शोक सभा साथै श्रद्धाञ्जली अर्पण गरीनुका साथै प्रवासी मजदुरहरुको हकअधिकारको माग गर्दै दिवस मनाएका थिए ।

कार्यक्रममा नेपाल ,बंगलादेश,कम्बोडिया, फिलिपिन , पाकिस्थान ,श्रीलंक थाईल्याण्ड ,भियतनाम, म्यामार लगाएतको प्रवासी मजदुर सहित बिभिन्न कोरियन मजदुर संगठनको प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सातै बिभिन्न मानब अधिकरबादी संघसस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको बिचमा नुहांग राईले नेपाली गीत गएर सहभागीहरुलाई मनोरंजन दिनु भएको थियो । सभाको समापनपछि बिभिन्न मागको नारा लगाउदै रयाली झोगेसा गुम्बासम्म पुगी दिवस समपन गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...