नेपाल हाउस व्यवस्थापन समितिको लापरवाहीप्रति अन्तराष्ट्रिय नेपाली समाजको चासो


फोनिजकोरिया सम्वाददाता
सौल, प्रवासी नेपालीहरुको आश्रयस्थलको रुपमा निर्मित सौलस्थित दोङदेमुदमा रहेको नेपाल हाउस व्यवस्थापन समितिले गरेको हेलचेक्राइ र लापर्बाहिका विरुद्ध ध्यानाकर्षण गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज नया शक्ति दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

नेपाल हाउस व्यवस्थापन समितिले विभिन्न संघसंस्थालाई तोकिएको शुल्क बुझाएपछि कार्यक्रम गर्ने हल प्रयोगमा ल्याउन सकिने नियम बमोजिम अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले १५ दिन अघि नै सम्वन्धित पक्षसँग अनुमति लिएको भएतापनि कार्यक्रम तथा बैठकको दिन चाबी सहित आबश्यक सामग्री उपलब्ध नगराउनुको साथै एकले अर्कोतर्फ देखाउदै अवरोध गरेकोले व्यवस्थापन समितिप्रति गम्भीर आशंका उब्जाएकोले अन्तराष्ट्रिय नेपाली समाजले नेपाल हाउस व्यवस्थापन समिति विरुद्ध प्रेस विज्ञप्ति जारी गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता जीवन विश्वकर्माले समितिले गरेको हेलचेक्राइ र लापरवाहीपन लगायत कार्यक्रमलाई अवरोध हुने गरी गरिएको उक्त व्यवहारले संगठनलाई अपमान गरेको बताएका छन् । प्रवक्ता विश्वकर्माले आगामी दिनमा जुन उदेश्य बमोजिक आर्थिक अभियान संचालन गरिएको हो सोही बमोजिमको नेपाल हाउस व्यवस्थापन गर्न अनुरोध गर्दै व्यवस्थापनको लापरवाही र हेलचेक्राइ जस्ता गैर जिम्मेवार अभिव्यक्तिको अन्त्य गर्दै सम्पूर्ण कार्यलाई चुस्त र दुरुस्त बनाउनुकासाथै सबैलाई समान तरिकाले हलको प्रयोग गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रेस विज्ञप्तिमा  नेपाल हाउसको उपयुक्त ब्यबस्थापन लगायत प्रबासी नेपालीहरुमा आइपर्ने समस्या समाधानमा जिम्मेवार सहयोगी  निकाएको रूपमा स्थापित गराउन  कोरियामा क्रियासिल  राजनीतिक संगठन , संघ सस्था लगायत कोरियामा रहनु  भएका  समपुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई जुट्न अपिल गरिएको छ ।

प्रबासी नेपालीहरुको ब्यबस्थापन तथा आस्रय स्थलको रूपमा नेपाल हाउस निर्माण गर्ने उदेश्यका साथ व्यापक आर्थिक संकलन अभियान चलाइएको थियो । उक्त अभियानमा २० करोड वन अर्थात नेपाली २ करोड संकलन भएको मिडियामार्फत सार्बजनिक भएको थियो । हाल नेपाल हाउसको नाममा सौल स्थित दोङदेमुन बजारमा ५०-६० जना अट्ने सानो कोठा भाडामा खरिद गरेको  बिज्ञेप्तिमा उल्लेख गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...