Advertisement
SKIP THIS

सोनसिकले बिज्ञान तथा प्रविधिको अनुसन्धानबारे सेमीनार गर्दै


फोनिज कोरिया सम्वाददाता 
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (SONSIK ) ले ग्वांगजू सहरमा रहेको चोसुन युनिभर्सिटीमा “सोनसिक ५ औ शैक्षिक सेमीनार” को आयोजना गर्न गई रहेको छ । जनवरी १४-१५ मा आयोजना हुने उक्त कार्यक्रममा कोरियामा अध्ययन, अध्यापन, तथा अनुसन्धान क्षेत्रमा कार्यरत नेपालीहरु तथा कोरियाका केहि अधिकारीहरु गरि करीब 100 जनाको उपस्थिति हुने जानकारी सोनसिकका सभापति आरजाना श्रेष्ठले दिनु भयो ।
सो सेमिनार अन्तर्गत पहिलो दिन अर्थात जनवरी १४ मा खोजपत्र लेखन सम्बन्धी बृहत् कार्यशाला, जनवरी १५ मा की नोट प्रेजेंटेशन (Key Note प्रेजेंटेशन) , ओरल प्रेजेंटेशन (Oral Presentation ), तथा पोस्टर प्रेजेंटेशन (Poster Presentation ) को कार्यक्रम रहेको छ । सेमीनारमा बिज्ञान तथा प्रविधि क्षेत्रमा निकै लामो समय देखि कार्यरत अनुभवी अग्रजहरुको उपस्थिति हुने भएकोले सहभागीहरुले बिज्ञान तथा प्रविधिका अन्तर्गत बिभिन्न बिषयमा जानकारी प्राप्त गर्न सकने तथा अनुभव साटासात गर्न सक्ने छन । सोनसिकले कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
http://sonsik.org.np/events/sonsik-5th-educational-seminar-january-14-15-2017-chosun-university-gwangju/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...