Advertisement
SKIP THIS

कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै


सउल

दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ।

महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारित हुने अपेक्षा गरेको विपक्षी गठबन्धनलाई बिहीबारका मतसर्वेक्षणले झस्काईदिएको छ। प्रष्ट दुई तिहाई पुग्ने आशामा देखिएको गठबन्धनको पक्षमा एक सय ९० देखि बढ़ीमा एक सय ९५ पुग्ने सर्वेक्षणले देखाएको छ। सेनुरी दलले महाअभियोगको पक्षमा बढ़ीमा २३ सांसदले मतदान गर्ने आंकलन गरेको छ।

महाअभियोग पारित नभएमा विपक्षी गठबन्धनका एक सय ७२ सांसदले सामूहिक राजीनामा दिने बताएका छन।
महाअभियोग पारित भयो भने राष्ट्रपति स्वतः निलम्बनमा पर्नेछिन । संसदबाट पारित प्रस्ताव संबैधानिक अदालतले उल्टाऊन सक्ने कानूनी प्रावधान पनि छ। सन द्दण्ण्द्ध राष्ट्रपति बिरुद्धको संसदले पारित गरेको महाअभियोगलाई संबैधानिक अदालतले उल्टाएको थियो। संबैधानिक अदालतले संसदको पारित प्रस्तावलाई अनुमोदन गरेपछि मात्रै अन्तिम फैसला मानिन्छ। भ्रस्टाचार काण्डमा एक पछि अर्को बिषय जोडिएकोले संसदबाट पारित भएको अवस्थामा हाल संबैधानिक अदालतले पनि सादर गर्ने धेरैको बुझाई छ।

राष्ट्रपति हटेको खण्डमा कामचलाऊ राष्ट्रपति बर्तमान प्रधानमन्त्री हुने वा नयाँ चयन गर्ने बिषयमा बिबाद छ। पार्कले नियुक्त गरेका प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यभार सम्हाल्न नसक्ने विपक्षी दलले ठोकुवा गरेका छन।
शुक्रबार साँझसम्म महाअभियोगको मतपरिणाम आईसक्ने जनाईएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...