चलचित्र पुरानो डुंगा सउलमा जनवरि ८ र बुसानमा जनवरि १५ मा प्रदर्शन गरिने
सज्जन कुमार सिंह
सउल,
बहुचर्चित नेपाली चलचित्र कबड्डि पछि रामबाबु गुरुङद्धारा निर्देशित चलचित्र पुरानो ढुंगा दक्षिण कोरियामा पनि हेर्न पाईने भएको छ ।
म्याग्दि घर निर्माण सहयोगार्थ म्याग्दि प्रवासि सघ (मोना) कोरियाले कोरियाका विभिन्न ठाउमा चलचित्र पुरानो ढुंगा प्रदर्शन गर्न लागेको अध्यक्ष आलोक बानियाले जानकारि दिए । जनवरि ८ मा सउलको जोग्यसा गुम्बामा प्रदर्शन गरिने र जनवरि १५ मा बुसानमा प्रदर्शन गर्न लागिएको हो ।
फेवातालमा एउटा माझी र ढुंगाको कथा समेटेर बनाईएको चलचित्र धेरैको प्रतिक्षाको चलचित्र हो । चलचित्र कबड्ढिको सिक्वेन्सको रुपमा निमार्ण गरिएको चलचित्र ढुंगामा युनिटका मुख्य पात्र दयाह्याङ राई र माउत्से गुरुङ मुख्य भुमिका छन भने नायिका प्रियङ्का कार्किलार्इ पनि मुख्य भुमिकामा देख्न सकिन्छ ।
चलचित्र छिट्टै र कोरियाका विभिन्न ठाउँमा प्रदर्शन गरिने छ । अन्य ठाउमा चलचित्र प्रदर्शन गर्न चाहनेले अध्यक्ष बानियालाइ सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।