Advertisement
SKIP THIS

बुसानमा यलम्बर साङ्गितिक सौगात हुँदै


बुसान, कोरियाली नयाँ वर्ष सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रम गर्ने भएको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार ‘भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले यायोख्याले जनवरी २७ तारिखका दिन बुसानमा गर्न लागेको “यलम्बर साङ्गितिक सौगात भाग- 1” कार्यक्रमको बिसयमा बुसानका विभिन्न संघ संस्था, पत्रकार, बुद्दिजीवि लगायत अन्य व्यक्तिहरुलाई आमन्त्रण गरेर संयुक्त बैठक तथा पत्रकार सम्मेलन गत डिसेम्बर 4 तारिक आइतबार बुसान यक स्थित न्यु लिटिल इन्डिया रेस्टुरेन्टमा सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा आयोजक किराया बुसानले “यलम्बर साङ्गितिक सौगात भाग-1” को लागि छनौट गरिएका कलाकारहरुको नाम सङ्गै पोस्टर सार्बजनिक गरेको थियो । नेपालबाट अहिलेका सर्बाधिक चर्चामा रहेका गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य, गायिका साथै बेलि डान्सरका रुपमा स्थापित पृती आले मगर, लोक गायिका कोमल वलि, गायिका कला राई, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल, गायक राजेश पुमा राई र हट डान्सर रन्जिता लिम्बू आउने भएका छन ।
न्यू लिटिल इन्डिया नेपाली रेस्टुरेन्टमा डिसेम्बर ४ तारिक आइतबारका दिन सम्पन्न उक्त कार्यक्रममा NRNA बुसानका अध्यक्ष रबिन राई, NCC बुसानका अध्यक्ष सङ्गीत अधिकारी, NCC बुसानका सस्थापक भु पु अध्यक्ष एल बि बिस्ट, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कि , आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष कुमार भुजेल , बाहिङ किरात राई द कोरियाका अध्यक्ष सुनिल दिप्त राई, सङ्घिय सामाजबादी फोरम द कोरियाको सचिव सक्सेस राई मकवानपुर कोरिया मन्चका पुर्ब अध्यक्ष तथा समाजसेवी रमेश उप्रेती, बुसान नेपाली आवास गृहका सचिब नवीन के सि, NCC बुसानका बरिस्ठ उपाध्यक्ष गोबिन्द कठायत, याक्थुङ सयुङ गजेदोका प्रतिनिधि चन्द्र सम्बाहाम्फे, किम्हे माइग्रेन्टका प्रतिनिधि हरि थपलिया, प्रबासी नेपाली महिला समाजकी अध्यक्ष प्रतिमा आले, एभ्रेस्ट फुटबल क्लब का म्यानेजर किरण अधिकारी लगायत अन्य सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
15356064_1175775882529499_20251837_n
सयुक्त बैठकमा किराया बुसानका अध्यक्ष आनन्द राईले कार्यक्रम बारेमा विस्तृत रुपमा उपस्थित सबैलाई जानकारी गराउनुभएको थियो भने त्यसपछि अन्य सबैले पालैपालो आ-आफ्ना धारणा, प्रतिक्रिया, सल्लाहसुझाब राखेका थिए । रबिन राई, सङ्गीत अधिकारी, एल बि बिस्ट, खेम कार्की, रमेश उप्रेती, हरि थपलियाले बिगत को आफ्नो अनुभवहरु सुनाउदै किराया बुसानको  लागि यस पटक बुसान किमे क्षत्रका सबै सस्थाहरुलाइ एकजुट बनाउदै कार्यक्रम सफल पार्नु एउटा चुनौती र अवसर दुबै भएको प्रतिकृया दिदै कार्यक्रमको सफलताको सुभकामना दिएका थिए भने अन्य उपस्थीत सघ सस्थाका प्रतिनिधिहरुले किराया बुसानले छोटो समयमै यति धेरै कार्यक्रमहरु गर्न सफल भएकोमा बधाइ र शुभकामना दिएका थिए।
बुसानमा रहेका अन्य विभिन्न संघसंस्थाहरु एकआपसमा एकले अर्कालाई सहयोग गर्दै संगठित भएर जानुपर्ने निष्कर्ष समेत निकाल्दै उक्त संयुक्त बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो भने किराया बुसानका अध्यक्ष आनन्द राईले साङ्गितिक कार्यक्रमबाट आएको मुनाफा रकमलाइ समाजसेवामा खर्च गरिने भएकोले कार्यक्रम सफल बनाउन बुसान क्षत्रका सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागि अनुरोध गरेका थिए ।
15328122_1175772722529815_1434329779_n

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...