जलबिद्युत आयोजनाको प्रगति र भावी योजनाबारे छलफल


फोनिज कोरिया सम्वाददाता
सउल,
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माण कार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ ।
हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । कागजी कानुनी प्रक्रिया सबै सकेर राष्ट्रिय योजना आयोगबाट प्राथमिकताको आयोजनाको मान्यता प्राप्त गरेको न्यौपानेले जानकारी दिए । २०७५ मंसिरसम्म आयोजना सम्पन्न लक्ष्य राखिएको छ ।
आयोजनाको प्रगति र भावी योजनाबारे लगानीकर्ताहरुसंग भेटघाट कार्यक्रम राखिएको हो । आयोजना बारे अन्तक्रिया तथा भेटघाटका लागि संचालक मध्यबाट कपिल न्यौपाने र सुरेश लिम्बु कोरिया आएका छन । आयोजना संचालक सुरेश लिम्बुका अनुसार थेगु लगत्तै सोल र सुवनमा पनि भेटघाट र अन्तरक्रिया राखिने छ ।
२०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जानकारी बारे बुझ्न सुरेश लिम्बुलाई ०१० २१५९ ८९०० मा र कपिल न्यौपानेलाई ०१०२१४३२२९२ मा सम्पर्क गर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...