Advertisement
SKIP THIS

परोपकार लागि कोरियामा “जात्रा” लाग्ने


फोनिज कोरिया संवाददाता

सउल ,

नेपालमा सफलता साथ प्रदर्शन भईरहको नेपाली कथानक चलचित्र “जात्रा” कोरियामा प्रदर्शन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले चलचित्र जात्रा लाई “कोरियामा परोपकारी कोष” स्थापनाको सहयोगार्थ प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।

चलचित्रको चुलोदो सफलता र फिल्मको अन्त्यमा सिक्वेलको झलक पाएको भन्दै दर्शकले सिक्वेल बनाउन प्रतिकृया दिएपछि सिक्वेल समेत बनाउने सोचमा पुगेको निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले बताएका छन । राजधानीमा राम्रो प्रदर्शन पछि मोफसलमा समेत जात्रा टोली दर्शक संग प्रचार प्रसार र प्रतिकृया लिन व्यस्त रहेका छन । नेपालको सफलता संगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो ।

समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई जति दिन वित्दै गयो मौखिक प्रचारले दर्शकको चाप बढदै गएको छ ।  मनोरञ्जनको विचमा “मान्छेले कागजलाई पैसा बनायो , पैसाले मानिसलाई कागज बनायो ” वजनदार सन्देश बोकेर आएको छ फिल्म जात्रा ।  विपिन कार्की , रविन्द्र सिंह बानिया, रविन्द्र झा , वर्षा राउतको मुख्य भूमिका रहेको फिल्ममा भरपुर मनोरन्जनको साथमा उत्कृष्ट सन्देश पनि बोकेको छ ।

सानो पर्दामा मह संचार संग अनुभव संगाली ठूलो पर्दाको “जात्रा” बाट डेब्यु निदेशक बनेका प्रदीप भट्टराईले फिल्मलाई सफलता चाख्न लायक बनाएका छन । रंगमञ्चका कलाकारको वाहुल्यता रहेको फिल्ममा कलाकारहरुले कथालाई जीवन्त बनाउन उत्तिकै भूमिका खेलेका छन । टलकजंग भर्सेक टुल्के सफल फिल्म बाट निर्माण शुरु गरेका रबीन्द्र सिंह बानिया निर्माता रहेको यो दोश्रो फिल्म हो भने कलाकारको रुपमा उनले यसले यस अघि पशुपति प्रसादमा हनुमान जीबाट निकै चर्चा कमाउन सफल भएका छन । उनी यस फिल्मबाट हनुमानजीको व्याज हटाएर आफूलाई नया रुपमा चिनाउन बरखी बारेको गेटअपमा देखेर सबैको ध्यान तान्न सफल भएको छ । यसैगरी अर्का कलाकार विपिन कार्की पशुपति प्रसादको चर्चित भिष्मे डनको टयाग मेटन लागिपरेका छन भने रविन्द्र झा नाई मुन्ना ठाकुरको अभिनयमा छन ।

चलचित्र छक्का पन्जाकी चर्चित नायिका वर्षा राउत यसमा फरक गृहणीको भुमिकामा आफूलाई स्थापित गराउन लागि परेकी छिन । यसैगरी प्रविण खतिवडा, कमलमणि नेपाल , प्रकाश घिमिरे लगायत कलाकारहरुको थिएटरका कलाकारहको फिल्ममा अभिनय रहेको छ ।  कोरियाको सउल , बुसान संगै अन्य ठाउमा पनि फिल्म प्रदर्शन गर्ने पत्रकार महासंघ कोरिया शाखाले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले चाडै सउल, र बुसानमा फिल्म प्रदर्शन गर्दै छ भने थेगु,थेजन,मोक्पो ,ख्यंगजु, लगायत ठाउमा फिल्म चलाउन चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न समेत जानकारी दिएको छ । फिल्मको प्रदर्शनको लागि ड्राईभ समेत मगाईसकेको हुदा जति सक्दो चाडो फिल्म प्रदर्शन गर्न सकिने बताइएको छ ।

फिल्म प्रदर्शनको बारेमा कोरियामा ०१०६४५३३०५०, ०१०६५३३७४३१, ०१०४८३३६९०८मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...