Advertisement
SKIP THIS

 ओएनएफ कोरियाको आनसान क्षेत्रीय अधिवेशन भब्यरुपमा सम्पन्न


राजु थापा
सउल

प्रबाशी नेपाली मन्च (ओएनएफ) कोरिया को आन्सान क्षेत्रीय पाचौ अधिवेशन गत आइतबार आन्सान स्थित माइगेन्ट हलमा सम्पन्न भएको छ ।अधिवेशनले शिव बहादुर के. सि.को अध्यक्षता १३ सदस्य नया कार्यसमिति चयन गरेको छ ।

त्यस्तै गरेर कार्यसमितिको अन्य पदादिकारिमा उपाध्यक्ष ज्ञानेन्द्र राई, बिष्णु प्रसाद काफ्ले, महेश शापकोटा , सचिब तेज तिमिल्सिना सह सचिबमा खेम बहादुर अर्याल, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले सदस्यहरुमा अशोक न्यौपाने, चन्द्र बुडा, शन्तोस सिग्देल, सन्देश सुब्बा, बलाराम खत्री र करण बहादुर अर्याल चयन भएका छन् ।

प्रेम प्रसाद पौडेल ,राम कुमार भट्टराई ,सुरेन्द्र भण्डारीको तीन सदस्य निर्बाचन कमिटीले सो नयाँ कार्यसमितिको घोषणा गरेको थियो।
ओएनएफ कोरियाका कार्यबाहक अध्यक्ष मिना थापा मगरको प्रमुख आतिथ्य र आन्सान कार्यबाहक अध्यक्ष सन्दिप कार्कीरको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा ओएनएफ उपाध्यक्ष दुर्गा न्यौपाने,महासचिव शिबलाल पन्थी ,कोषाध्यक्ष आनन्द अधिकारी प्रबक्ता अन्जन कुलुङ राई त्यस्तै गरेर केन्द्रीय सदस्यहरु प्रेम प्रसाद पौड्याल , प्रकाश अधिकारी, राम कुमार भट्टराई,जित सारु मगर,ईन्छ्न सल्लाहकार रिशिदेव पोखरेल निबर्तमान केंद्रीय कमिटी सदस्य जयराम घिमिरे,अखिल नेपाल शिक्षक संगठनका पुर्ब केन्दृय सदस्य भुपाल थापा, आनसान कमिटी सल्लाहकार सुरेन्द्र भण्डारी लगायत अन्य ओएनएफ प्रती आस्थावान कमरेड हरुको बाक्लो उपस्थिति रहेको थियो ।

आन्सान कमिटी उपाध्यक्ष महेश ढकालले स्वागत मन्तव्य गर्नु हुदै आगामी बन्ने नया कमिटी शशक्त बन्ने अपेक्षा गर्नु भएको थियो, उक्त अवसरमा प्रमुख अतिथि मिना थापा मगरले राष्टियताको सवालमा एमालेले आगामी दिनमा खेल्ने भुमिका संबिधानको कार्यन्वयन बारे चर्चा गर्नु भएको थियो।

त्यस्तै महासचिव पन्थीले ओएनएफ कोरियाको वर्तमान अवस्था र आगामी रणनीति बारे आफ्नो धारणा राख्नु भएको थियो ।त्यस्तै गरेर उपाध्यक्ष दुर्गा न्यौपाने, कोषाध्यक्ष आनन्द अधिकारी ,प्रबक्ता अन्जन राई, के। स। प्रेम प्रसाद पौड्याल आन्सान कमिटी सल्लाह सुरेन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन आनसान कमिटी सचिब मोति कार्किले गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...