Advertisement
SKIP THIS

तमुधिँ कोरियाको साधारणसभा सम्पन्न


फोनिज कोरिया संवादाता

सउल

कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आइतबार सउलमा सम्पन्न भएको छ । नेपाल हासउसमा सम्पन्न कार्यक्रममा वर्ष दिनभित्र र तमुधिले हालसम्म गरेको गतिविधी र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साथै कार्यक्रममा महासचिव श्रीराम तमुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तमु चलचित्र ‘फ्रीसी’ र नेपाली कथानक चलचित्र ‘झुम्की’ प्रदर्शनी , ल्होसार पर्व , तमु स्यो कै (बनभोज) , बृहत भेला र तमुधिँ कोरियाद्धारा काठमाण्डौमा निर्मित दाह संस्कार भवनको संचालन समिति गठन गरिएको जानकारी गराए ।

त्यस्तै कोरियामा सडक दुर्घटनामा निधन भएका तमुधिँ कोरियाका सल्लाहकार इश्वर गुरुइ०को स्मृतीसभा गरी आर्थिक सहयोग र मृगौला पीडित लक्ष्मण  गुरुइ०लाई रु. ७५ हजार आर्थिक सहयोग गरिएको जानकारी गराए ।

साथै नेपालबाट आएको संचारकर्मी लाला गुरइ०, सरस्वती गुरइ०, चलचित्रकर्मी बेद बहादुर गुरुइ०, गायक इश्वर गुरइ० र नेपथ्य व्यण्ड, नायिक रिश्मा गुरइ०लाई सम्मान गरिनुका साथै पूर्व राजदूत कमानसिंह लामा, श्रम सहचारी अनिल गुरुइ०, पत्रकार देवेन्द्र साम्बाहाम्फेलाई सम्मान सहित विदाई गरिएको थियो ।
तमुधिँका सल्लाहकार युक्त गुरुइ०को प्रमुख आतिथ्य रहेको कर्याक्रममा अध्यक्ष प्रदिप गुरुइ०ले ओखलढुंगा सेवा समाजका अध्यक्ष मानसिंह गुरुइ०लाई धिँ कोरियका आजिवन सदस्य प्रदान गरिएको थियो । साथै एनआरएन कोरियाका उपाध्यक्ष तथा ब्याटमेन्टेन संघ कोरियाका अध्यक्ष विपिन गुरुइ० र भलिबल खेलाडीहरुलाई बधाइ ज्ञापन गरिएको थियो ।

कार्यक्रममा एनआरएन कोरियाका सदस्य बुद्धी गुरुइ०, एनसिसीका उपाध्यक्ष जित बहादुर गुरुइ०, जन प्रगतिशिल मञ्चका सचिव नविन गुरुइ० , सल्लाहकार खोम प्रशाद गुरुइ०, पूर्व अध्यक्ष सुरज गुरुइ०, पूर्व उपाध्यक्ष भिम गुरुइ० र लगायतले मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...