Advertisement
SKIP THIS

परिश्रम र प्रतिभाका पर्यावाची क्रिश गुल्मेली बाबु


दक्षिण कोरिया,
उनी गुल्मीमा जन्मे, हुर्के । आफु जन्मेको थातथलो माया नलाग्ने त कुरै भएन । त्यसैले आफ्नो गाउँको नामलाई चिनाउन उनले आफ्नो नाम नै परिवर्तन गरे, क्रिश गुल्मेली बाबु । उनको बास्तविक नाम केपी अर्याल हो तर क्रिश गुल्मेली बाबुको उपनामबाट चिनिन्छन् उनी ।

अरुको गीत, गजल र मुक्तकहरु पढ्ने क्रममा उनलाई पनि साहित्य सिर्जना गर्न रहर जाग्यो । गजल, मुक्तकसँगै गीत लेखनमा लागेका गुल्मेली बाबुको पहिलो गीत ‘ओखर काँचो छ’ ले नेपाली सांगीतिक आकाशमा क्रिश गुल्मेली बाबु भनेर चिनाएपछि उनले अरु थुप्रै गीतहरु लेख्दै गए । उनको ‘पैसा’, ‘प्रियसीको यादमा’ जस्ता गीतहरु चर्चित भएपछि उनी गीतकार मात्र होइन कलाकारको रुपमा समेत चिनिन थाले । आफ्ना केही गीतमा संगीत गर्नुका साथै मोडलिङ समेत गरेका छन् । ‘मोडलिङ गर्नु रहर थियो आफ्नै गीतबाट त्यो रहर पनि पुरा गरें’, गुल्मेली बाबु भन्छन्, ‘अरुको गीतमा पनि अफर आयो भने गर्छु ।’

दर्जन भन्दा बढी गीत लेखिसकेका गुल्मेली बाबु चाँडै अरु गीत पनि रेकर्ड गर्ने तयारीमा छन् । गीतिसंग्रहका साथै गजल र मुक्तक संग्रह पनि निकाल्ने सोचमा रहेका क्रिश गुल्मेली बाबु भविष्यमा गीत संगीतलाई नै बढी जोड दिएर अगाडि बढाउने बताउछन् ।

समय मिल्नसाथ साहित्यिक सिर्जना गर्ने उनलाई काम गर्दा पनि बढि जसो मुक्तकहरु नै दिमागमा आउछन् । ‘फुर्सद मिल्नसाथ लेखीहाल्छु । त्यसैले मेरो गोजीमा काम गर्दा होस वा त्यतिकै बस्दा कापीका पाना र कलम साथमै हुन्छ’, उनी सुनाउँछन् ।

उनका अनुसार नेपालमा लेख्नको लागि प्रसस्त समय हुन्छ तर दिमागमा कम मात्रामा शब्दहरु फुर्छन् । कोरियामा काममा व्यस्त भइन्छ, त्यहि ब्यस्ततासँगै सिर्जना पनि उकुसमुकुसिरहेका हुन्छन् । किनकी प्रवासमा हुँदा जतिको पिँडा, तनाब आफ्नो देशमा महशुस हुँदैन । त्यहि पिँडा, तनाब र भोगाइ नै सिर्जना भएर प्रस्फुटन हुने हो । वास्तवमा प्रवासको दुख पिँडाले नै मान्छेलाई हरेक कुरा सिकाउने रहेछ ।

उनको बुझाइमा कोरियाले काम मात्र दिएको छैन, सामाजिक क्रियाकलापमा लाग्ने प्रेरणाका साथै सिर्जना गर्ने राम्रो वातावरण दिएको छ । उनी अगाडि थप्छन्, ‘कोरियाको हरेक कुरा मलाई राम्रो लाग्छ । यहाँको रहनसहन, खानपान, समयको महत्व, आफ्नो जीवनयापनको लागि आफैंले सक्दोसम्म गर्नुपर्ने मेहनत, काम, अनुशासन, भेदभाव र जातपातरहित समाज हरेक पक्ष राम्रा छन् । कोरियाले मुख्य त हामी युवाहरुलाई मेहेनत गर्न सिकाएको छ । दुख कष्ठ आफ्नै ठाउँमा छन् । तिताक्षणहरु पनि धेरै छन् तर त्यहि तिताक्षणहरुले वास्तवमा मान्छेलाई जिउन र परिश्रम गर्न सिकाउदो रहेछ ।’

नेपालमा हुँदा घरपरिवारसँगै कृषिपेशाका साथै विद्यालयमा पढाउने काम गर्दागर्दै वैदेशिक रोजगार प्रणाली (इपिएस) मार्फत् छ वर्ष अघि कोरिया आएका गुल्मेली बाबु कोरियामा कामको अलावा साइड बिजिनेश र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । विगत पाँचवर्षदेखि कोरियामा रहेको गुल्मेलीहरुको छाता संगठन गुल्मी सम्पर्क समितिमा आवद्ध भइ अहिले उपाध्यक्ष पद सम्हालिरहेका क्रिश गुल्मेली बाबु हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (आनेसास) कोरिया च्याप्टरको वर्तमान अध्यक्ष हुन् ।

दक्षिण कोरियाको ख्यङगीदोको याङजुमा कार्पेट, टाइल्स कम्पनीमा कार्यरत छन् । ‘सुरुदेखि नै एउटै कम्पनीमा भएर होला काम त्यति गाह्रो छैन’, उनी भन्छन् । फुर्सदमा ट्राभल्सको काम पनि गर्दै आएका उनले ‘नेपाल कोरिया ट्राभल्स एण्ड टुर’ मार्फत् टिकेटिङको काम पनि गर्दै आएका छन् ।

बिदाको दिन या फुर्सदमा साथीहरुसँग घुम्न जाने, कार्यक्रमहरुमा सहभागी हुने मात्र होइन गीत गाउने नाच्ने जस्ता रमाइलो गर्न पनि त्यति नै मन पर्छ उनलाई ।

कोरियामा साहित्य, गीतसंगीतलगायतका विभिन्न सिर्जनशिल क्षेत्रमा लाग्ने नेपालीहरुप्रति गर्व गर्ने गुल्मेली बाबु यति गाह्रो कामको बावजूद पनि थोरै बचेको समयलाई सदुपयोग गरेर केही गर्ने सोच र लक्ष्यका साथ दिनरात नभनी परिश्रम गरिरहेका नेपालीहरुप्रति खुशी व्यक्त गर्छन् । त्यसैगरी कोरियामा रहेका थुप्रै नेपाली संघसंस्थाहरुले नेपालीहरुको जनहितकै लागि काम गर्दै आएका छन् तर संस्थालाई अलि सुनियोजित ढंगले पारदर्शी रुपमा अगाडि बढाउृन सके अझ राम्रो हुने र विश्वासयोग्य हुने उनको ठहर छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...