के, मिरा राई नेपाली होइनन र ?


हिजो आज बिना कारण तरकारीवाली भनेर कुसुम श्रेष्ठको चर्चा शिखरमा छ । उनले तेस्तो के काम गरिन जसको लागी उनलाइ चर्चित बनाउन मीडिया उनिमाथी खनिए । न उनि वास्तबिक तरकारीवाली हुन न उनले ख्याति कमाउने कुनै तेस्तो नौलो काम गरेकी थिइन । कुनै ब्यक्ति(फोटो लिनेब्यक्ति) को गम्भीर गल्तीको कारण रातारात सेलिब्रेटी बन्नु कुसुमको लागी त नचिताएको चिट्ठा पर्नु सरह हो तर संगै यसले गम्भीर नकारात्मक पक्षहरूलाई हौसला दिएको छ ।
पहिलो गम्भीर त्रुटि फोटो लिने ब्यक्तिले गरेको छ । उसले ,जसको फोटो लिदैछ उसैको अनुमति लिएको छैन भलै फोटोको नेगेटिभ दुरूपयोग भएन तर संसारमा यस्ता अनुमति बेगरको फोटोहरू अक्सर दुरूपयोग हुने गर्छन र यस्ता धेरै द्रिस्टांतहरू छन । अहिले रमाईरहेकि कुसुमको फोटो दुरूपयोग पनि हुन सकथ्यो ।
दोस्रो , कुसुम पहिले नै भाग्यमानी थिइन जसले आमा बाऊलाइ घरको थोरै काम सघाए बापत ११ क्लास पढ़ने सु-अबसर पाइरहेकी थिइन । नेपालमा अझै पनि स्कूलको अनुहार देखन नपाएको वास्तबिक भरिया धेरै छन । फोटो खिचने ब्यक्तिले वास्तबिक दुःखी भरियाको जिबनि उजागर गर्न सकथ्यो ।
तेस्रो त्रुटि बिभिन्न मीडियाले गरेको छ । आफ्नो मीडियाको TRP बढ़ाउने होड़मा मीडियाको सामान्य धर्म पनि भुलेक़ो देखियो ।
के राज्यको चौथों अंग मानिने मीडिया सस्तो भएकै हो त ? कुसुमको इन्टर्भ्यु र ब्लो अप फोटो शूटबाट समाजले के पाठ सिक्ने र प्रेरणा पाउने ?? यही की तिमी केही नगरे पनि रातारात प्रख्यात हुन सक्छौ । यसले पक्कै पनि समाजलाई अल्छे बानाउछ । कती दुख गरेर त्यहा आफ्नो ठाउ बनाउन लागी परेको ब्यक्तिहरू ,बिना कारण त्यों ठाऊमा आएको ब्यक्ति देखेर पक्कै पनि निरुत्साहित भएका छन । आजकल तरकारीवालीको जस्तो रातारात प्रख्यात हुने बहानामा नजानिदो तरिकाले बिभिन्न अनौठो सैली अपनाई कार्य गरि हिड्ने र फोटो खिचने होड़ चलेको छ ।
यो स्तम्भकारको कुसुमसंग कुनै दुश्मनी छैन र हैन पनि । कुसुमले ज़ुन काम गरिन त्यो वास्तबमा कुनै ख्याति कमाउनको लागि थिएन । उनले आफ्नो रेगुलर काम मात्र गरेकी थिइन। वास्तबमा फोटो लिने ब्यक्ति देखि लिएर मीडिया लगायत बिभिन्न सामाजिक संजालले कुसुमको चरम दुरूपयोग गरिरहेका छन । उनलाइ जबरजसती मोडलिङ र ग्लामरको दुनियामा होमिदिएको छ । जहाँ उसको कुनै पुर्ब तयारी र योगदान छैन । एकपटक फेरि फस्टाउदै गरेको ग्लामर र मोडलिङ क्षेत्र कुनै टयालेंट नै हैन भन्न खोजिएको छ । कुसुमले पनि सोचनु पर्ने कुरा उनि अहिले चर्चामा छिन यसको सहि सदुपयोग गरे यो उनको लागी अबसर हुनेछ । उनले यो साख जोगाइरहन सकछिन की सकदिनन !
एकातिर बिना कारण कुसुमको चर्चा भईरहदा अर्कोतिर हुनु पर्ने ब्यक्ति मीरा राईको चर्चा भैरहेको छैन । इण्टरनेसनल मीडियाहरू उनको तारिफ़ गर्दै adventures of the year को उपाधिको सट लिस्टमा राख्दा नेपाली मीडियाले उसको कामको कुनै चर्चा गर्न सम्म पनि त्यती महत्व नसमझनुले यो स्तम्भकारको चित्त बुझेको छैन । कुसुम श्रेष्ठको इण्टरभ्यु गर्न उचित सम्झिने बिभिन्न मीडिया र अनलाइन मीडियाहरूले मीरा राईलाई अयोग्य ठहर्याएकै हुन त ? यदि यो तपाईको ब्यक्तिगत बिचार हो भने ठीक होला तर तपाइ मीडिया अथवा पत्रकाले यो सोच्नु हुनछ भने तपाईको पत्रकारीता माथि प्रश्न लाग्न सक्छ । नत्र किन भेदभाव त ?? यहाँ प्रश्न गर्नै पर्ने हुन्छ ।
देशको बिकट र ग़रीब परिवारमा जन्मेको एउटा चेलि एक प्रसिद्द मीडियाको साहसिक खेलको सट लिस्टमा पर्दा हाम्रा पत्रकारहरूको आङ फुलेन ? जितनु र हार्नु यो नियमित प्रक्रिया हो । तर कम अबसर साथमा बिकट ठाऊ र ग़रीब परिवारको ब्यक्ति participate हुनु मात्र पनि ठुलो कुरा हो । खुट्टा भरी चोट र रगत बगाउदै रातों र चन्द्र सूर्य अंकित झंडा फहाराउदै नेपालको नाम उच्च पार्दै आप्ठेरो ठाऊमा कूदिहिडदाँ हाम्रो र मीडियाको छाति गर्भले फुल्दैन ??
कुनै पार्टी या संस्थाले अयोग्य ठहराएको ब्यक्ति या लड़ाकू त्यसलाई कुरालाइ असफल पार्दै देशको लागि केही गर्न सकने हिम्मत,साहस र सामर्थ्य छ भनि प्रस्तुत गर्ने ब्यक्तिबाट के समाजले कुनै प्रेरणा पाउदैन र ? यदि पाउछन भने किन चुप छन नेपाली मीडिया ? समाज परिवर्तन गर्न सकने इंटरभ्यु किन गर्दैनन ?
यो स्तम्भकारको उदेश्य मीरा राईलाई भोट हालौ र जिताऊँ भन्ने बिलकुल हैन । यसलाई वा उसलाई जिताऊँ भन्न मेरो धर्मले दिदैन । यो अधिकार हामी आफ़ैमा निहित छ । तर हिजो CNN HERO बनाउनको लागी अनुराधा कोईराला र पुस्पा बस्नेतलाई हामीले नै अनगिनती भोट हालेको सहि हो । तर आज मीरा राईलाई भोट हालन २/४ जना मात्र फ़ेसबुकमा लागीपरेको बाहेक कोहि देख्दिन ..। किन ? मिरा राई नेपाली होइनन ..?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...