Advertisement
SKIP THIS

असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ पुल प्रतियोगिता गरिने


फोनिज कोरिया सम्वाददाता
सउल, असाहय गरिब तथा विपन्न वर्गका विद्यार्थीको छात्रवृत्ति कोषको स्थापनार्थ भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ आइतबारका दिन सउलस्थित दोङदेमुनमा खुल्ला पुल प्रतियोगिता गर्ने भएको छ ।
उक्त पूल प्रतियोगितामा उत्साहपूर्वक सहभागिताको लागि आयोजकले सबैलाई आग्रह गरेको छ । खेलका माध्यमले आपसी मित्रताको अभिवृद्धिका साथै लक्षित वर्गका बिपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई सहायतार्थ छात्रवृत्ति कोषको प्रारम्भ गर्ने अभिप्रायले यस प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागिताको प्रतिबद्धता जनाउनु हुने सम्पूर्ण मित्रहरुमा आवश्यक दर्ता शुल्क एवं परिचय पत्र उपलव्ध गराई प्रतिस्पर्धामा आफ्नो सहभागिता सुनिश्चित गर्नुहुन समेत आयोजकले जनाएको छ । प्रारम्भिक  नामावलीको प्रकाशन २० नोभेम्वर देखि नियमित रूपमा समाजको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिने जानकारी भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गिरिले बताएका छन् । अध्यक्ष गिरिका अनुसार पचासहजार वन शुल्क राखिएको उक्त प्रतियोगितामा उत्कृष्ट विजेतालाई पाँचलाख वन नगद र दोस्रो हुनेलाई तीनलाख वन नगद प्रदान गरिने भएको छ ।
उक्त प्रतियोगिताका लागि नाम दर्ता गर्नको लागि उरि बैंक (worry bank ) खाता नम्बर 1002546307718 (रमेश गिरि ) मा 50000 वोन रकम हाली एलिनकार्डको फोटो पठाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिस्पर्धामा आयोजकले बनाएको नियम लागू हुनेछ । अन्तिम निर्णय आयोजकको सर्बमान्य हुनेछ ।
नाम दर्ता को लागि सम्पर्क

रमेश गिरि -01048979127

रन्जित भारती:-01048371292

राम पोख्रेल :-01033021819

रोशन नेमाफुकी:-01073267055

अमोद राउत :- 01059478512

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...