Advertisement
SKIP THIS

ईलाम सूर्योदय सेवा समाज कोरियाले चिट्ठा विजेतालाई उपहार प्रदान


ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाद्धारा आयोजित भाग्यशाली बम्पर उपहार २०१६ कार्यक्रमका विजेताहरुलाई आइतबार उपहार प्रदान गरिएको छ ।

प्रथम उपहार प्राप्त गर्ने पाल्पाका तुलसी बस्याललाई ५ तोन सुनको सिक्री र दितिय उपहार प्राप्त गर्ने इलामका कैलाश देवनलाई ३ तोनको सुनको औठी र तृतीय उपहार प्राप्त गर्ने उदयपुरका शेखर राईलाई सामसुइ०को ल्यापटप प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष हरि खनाल , उपाध्यक्ष कमल राई , सल्हाकार प्रतिक बोहोरा ,शान्तिप्रसाद गौतम सचिब रन राई सहकोषाध्यक्ष मन्जु लावती लगायतले संयुक्तरुपमा उपहार प्रदान गरिएको थियो । साथै सान्तवना उपहार दाबी गर्नपनि बिजेतालाई जानकारी गराईसकेको संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता हरि खनालले बताए । अपाड्ग तथा अशक्त बालबालिका एबम संस्थाको आर्थिक विकासमा सहयोगार्थ भाग्याशाली चिट्ठा कार्यक्रम आयोजना गरिएको हो ।

कोरियाको महानचाँड गत छुसकमा कोरियामा रहेको सबै नेपाली संघ संस्थाको छाता संगठनका रुपमा काम गर्दै आएको नेपाल सम्पर्क समिति (एनसिसी) मार्फत औपचारिक रुपमा ईलाम सुर्योदयले भाग्यशाली चिठ्ठा कार्यक्रम आयोजना गर्ने अनुमति पाएको थियो । तर बिबिध कारणबस तोकिएको समयमा चिट्ठा खुलाउन नसकेकोमा संस्थाले सबै सामुक्ष क्षमायाचना मागेको छ ।

एन आर एन कोरियाद्वारा आयोजित दसैतिहार शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर प्रमुख अतिथी माननीय संचार मन्त्री राम कार्की ,कोरियाका नेपाली कार्यबाहक राजदुत किरण शाक्य ,NRN कोरियाका अध्यक्ष राजु क्षेत्री , दुतावासका श्रम कन्सुलर देवराज ढकाल एनआरएन आई सि सि प्रतिनिधी तथा समाजसेवी के पी सिटौला , NCC का अध्यक्ष प्रेम शाहा ,पुर्वान्चल सरोकार मन्चका संयोजक काजीनेपाल लगायत बिशिष्ट व्यक्तित्वद्वारा अत्यन्त पार्दर्शिरुपमा कार्यक्रममा भाग्यशाली चिट्ठा खुलाईएको थियो ।

सन 2014  मा नितान्त सामाजिक र परोपकारी काम गर्ने उद्देश्य लिएर गठन भएको ईलाम सुर्योदय सेवा समाज द कोरियाले हरेक कोरिया र नेपालमा भएगरेका आपत विपत ,दैवि प्रकोप अन्य संघ संस्था लगायत हरेक सामाजिक क्रियाकलापमा सक्रियताकासाथ काम गर्दै आईरहेको छ ।

करिब डेढ वर्ष अघि ताप्लेजुड्गमा भएको भिषण आगलागी हुदा पिडितलाई उधोग वाणिज्यसंघ नागरिक समाज पिडित पत्रकारहरुको रोहोबरमा एक कार्यक्रम बीच नेपाली रु ८५००० (पचासीहजारं ) रुपैया र गत बिनासकारी महाभुकम्पमा दोलाखाको नाम्दु गाविसमा करिब २०० घरपरिवारलाई नगत चामल ,तेल लगायत अन्य जिन्सी सामानहरु संस्थाले सहयोग गरेको थियो ।

कोरियामा कामको सिलसिलामा गम्भिर बिरामी मुटु ,किड्नी ,जस्ता रोगीहरुको उपचारमा पनि केही आर्थिक सहयोग गर्दै आईरहेको छ।भोलीका दिनमा अझै धेरै सामाजिक काममा सक्रियताका साथ संस्थालाई उदाहरणिय रुपमा चिनाउने संस्थाको लक्ष्य रहेको संस्थाका अध्यक्ष खनाल बताउनु हुन्छ ।

upahar-1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...