Advertisement
SKIP THIS

तमु धीँको साधारणसभा हुँदै, जनवरी १ मा तमु ल्होसार मनाउने


फोनिज कोरिया संवाददाता

सोल, तमु धीँ दक्षिण कोरियाको निर्वाचित सातौं कार्यसमितिको प्रथम साधारण सभा नोवेम्बर २० मा गर्ने निर्णय गरेको छ। गत आइतबार धीँको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष प्रदिप तमुले जानकारी दिए ।

साधारणसभालाई सफल पार्न संगठन सचिव सुनिल तमुको संयोजकत्वमा कोरियाको विभिन्न शहरमा रहेका तमुहरुलाई जिम्मेवारी तोक्दै संगठन बिस्तार गर्न जिम्मेवारी तोकिएको छ।
जसानुसार बुसानमा रिता तमु, थेगुमा मानसिंह तमु, फेन्थेकमा रामकाजी तमु, सुवनमा अरुण तमु, सिओलमा हिमान्शु तमु, उइजम्बुमा विशाल तमु र राज कुमार तमुलाई जिम्मेवारी तोकिएको छ। साधारणसभा नोवेम्बर २० तारिख आइतबार दिनको १२ बजे नेपाल हाउसमा हुनेछ ।

साधारण सभाको दिन तमु धीँको भलिबल खेलाडीहरुलाई सम्मान गर्नुका साथै संस्थाको वार्षिक आय ब्ययको विवरण सार्वजनिक तथा भावी कार्ययोजनाहरु तय गरिने हुँदा कोरियामा रहेका सम्पुर्ण तमुहरुलाई साधारण सभाको दिन उपस्थित भैदिनु हुन विशेष अनुरोध गरेको छ।

साथै हरेक वर्ष मनाउँदै आईरहेको तमु महान् पर्व ल्होसार यसपाली २०१७ को जनवरी १ तारिखमा विगतका वर्षहरुमा झैँ विविध कार्यक्रमहरुको आयोजना गरि मनाउने निर्णय गरेको छ । तमु ल्होसार २०७३ मुल आयोजक समिती तथा आवश्यक अन्य विभिन्न उपसमितीहरुको गठन अर्को बैठकमा गरिने महासचिव श्रीराम तमुले बताए ।

नोवेम्बर २० र जनवरी १ को दिनमा कार्यक्रमहरु नजुदाई दिन  तमु धीँले सम्पुर्ण कोरियामा क्रियाशिल संघसंस्थाहरुमा अनुरोध  गरेको छ । सोही बैठकमा अक्टोबर १६ मा धींले प्रदर्शन गरेको नेपाली चलचित्र  झुम्की प्रदर्शनको समिक्षा गरिएको थियो । आशातित व्यापार गर्न सफल नभए पनि कोरियाबासी नेपालीहरुले दर्शाउनुभएको माया, साथ र सहयोगप्रती धीँको तर्फबाट आभार व्यक्त गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...