बुसानमा तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न


 बुसान, दक्षिण कोरीयाको दोस्रो ठुलो शहर बुसान वरपर रहेका नेपालीहरुले लक्ष्मी पुजाको दिन अर्थात कोरीयामा विदाको दिन पारेर गत आइतबार तिहार कार्यक्रम सम्पन्न गरेका छन् । बुसानमा प्रत्येक बर्ष मनाइने यो तिहार कार्यक्रमको प्रायोजन बुसान मुन्ह्वा झेदान, सह-प्रायोजन न्युलिटील ईन्डिया रेष्टुरेन्ट र बम्बइ बरु रेष्टुरेन्टले गरेका थिए भने आयोजक बुसान एन आर एन र एन सी सी रहेका थिए ।
प्रमुख अतिथी बुसान मुन्ह्वा झेदान टिम्जाङनिम रहेको उक्त तिहार कार्यक्रममा एन आर एन कोरीयाकी प्रबक्ता इन्दिरा तिवारी र एन सी सी कोरीयाका वर्तमान सल्लाहकार साथै बुसान एन सी सी का संस्थापक पुर्व अध्यक्ष एल वि विष्ट विशेष अतिथी रहेका थिए भने मिर्याङ नेपाली समाज, नोक्सान नेपाली परीवार, किराँत राइ यायोख्खा बुसान, मगर संघ किम्हे, सुदुरपश्चिम समाज बुसान कोरीया लगायत विभिन्न राजनिती दलका प्रतिनीधीहरु, ब्यबशायी,विद्यार्थी,पत्रकार साथै ठुलो संख्यामा नेपालीहरुको उपस्थीति रहेको थियो । कोरीया एन सीसीका माहासचिव नविन के सी ले सन्चालन गरेको औपचारिक कार्यक्रमको सभापति एन सी सी वुसानका वर्तमान अध्यक्ष संगित अधिकारीले गरेका थिए । कार्यक्रममा उपस्थीत अतिथीहरुबाट पानसमा वत्तीबालेर कार्यक्रमको उद्घाटन साथै लक्ष्मी पुजा गरीएको थियो ।
14914904_1440016406075464_1686842433_n
कार्यक्रम आयोजक मध्येका एक, एन आर एन बुसानका कार्यवाहक अध्यक्ष रविन राइ र एन सी सी कोरीयाका सल्लाहकार एल वि विष्टले दिपावलीको शुभकामना दिएका थिए । कार्यक्रममा लगाइएको भाइटीकाले नेपाली लगायत कोरीयन दर्शकको मन र ध्यानलाइ अन्त कतै जानैदिएको थिएन । एन आर एन वुसानका सचिब शुभास थापाले सन्चालन गरेको रमाइलो देउसी भैलो साँगितीक कार्यक्रममा सिथानीय कलाकारहरु मदन गिरी, सुजता बस्नेत,कम्लेस साउद,अनुप जोशी लगायतका धेरै कलाकारहरुको सुमधुर गितको आवाजले मन्च तताएको थियो ।
14915007_1440016426075462_87070803_n
त्यस्तै गरेर माइकल विष्ट, सिता पुन लगायतका कलाकारहरुको दम्दार नृत्य र अझ साकेला नृत्यले झन तातेको माहोल रमाइलो देउसी-भैलो कार्यक्रमले झनै तताएर गर्मी नै बनाएको थियो । कार्यक्रम समापन पछी नेपाली सेलरोटी ,पुलाउ, तरकारी र अचारको स्वादले देउसी-भैलोबाट थाकेका नेपालीहरुलाइ जगाएको थियो । विश्वको जुनसुकै कुनामा रहेता पनी नेपाली कला-संस्कृति, चार्ड-पर्वको यस्तो महत्व, यसरी सहभागी जनाएका र रमाएका अनि यस्तो एकतामा बाँचेका नेपालीहरुलाइ सबैले तारीफ गर्नैपर्छ । बधाइ अनि धन्यवाद आयोजक साथै सम्पूर्ण नेपाली सबैलाइ ।
14936938_1440016439408794_1753162960_n

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...