सउलमा डाईङ्ग क्यान्डल


फोनिज कोरिया संवाददाता
सउल

गाउँमा तंपाईको बाल्यकाल बितेको हो भने नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले धेरै कुराको फेरी सम्झना गराउँछ । चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको सम्झना होस् कि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको होस । एउटै चुइगम धेरै दिन चपाउँदै कतै टास्दै फेरी चपाउँदै गरेको पनि सम्झना गराउँछ । आफ्नो बाल्यकालमा पुर्याउँछ । चलचित्र दिदी बनेकी सृर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ । दिदीभाइको त्याग र मायाले धेरै चोटी दर्शकको मन छुन्छ ।

सौगात मल्ल, अर्पण थापा र सृजना सुब्बाको मुख्य भूमिका रहेको चलचित्र हेरुन्जेल मनमा बाल्यकाल हट्दै हट्दैन । बालकलाकार लाक्पा सिङ्गे तामाङको अभिनय बेजोड छ । रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति, पराम्परासँगै स्थानीय मानिसले भोग्नु परेको अप्ठ्यारालाई पनि देखाइएको छ ।  गाउँको सेरोफेरोलाई सिनेमाटोग्राफर रबिन आचार्यले आकर्षक ढंगले प्रस्तुत गरेका छन ।

दिदीभाइको कथा बोकेको यो चलचित्र नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अबसरमा सुकर्म समूह दक्षिण कोरियाले सउल दोङ्देमुन कुमीन् ह्वेग्वान्मा ३० अक्टोबर आइतबार बिशेष प्रर्दशनी गर्दैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...