Advertisement
SKIP THIS

तिहारमा चेलीलाई सम्झदै परदेशी माइतीको पीडा गीतमा


फोनिज कोरिया संवाददाता

सउल

चेली माइतीको महत्वपूर्ण पर्व तिहारमा परदेशमा रहेका दाई भाई गाउँका दिदी बहिनी सम्झदै बस्नुपर्ने बाध्यता हाल नेपालीको नियती जस्तै बन्न पुगेको छ । कोरियामा पनि हरेक तिहारमा यस्तै व्याथामा तड्पिने माइतिहरु हजारौ छन् । यस्तैमा कोरियामा रहेका एक माइती हुन गीतकार नगेन्द्र थापा मगर । बहिनीलाई सम्झदै कोरेका उनै भावनाहरुलाई गीतमा उतारेका छन् थापाले ।

कोरियामा रोजगारी गरिरहेका दुई सर्जक पोखरेली गायक तथा संगीतकार बिकास बिक र बाग्लुड़्गे गीतकार नगेन्द्र थापा मगरले तिहार सम्बन्धि तयार पारेका छन् । “दैलामाथिको तस्वीर हेर्दै ” शिर्षकमा बनेका सो मार्मिक गीतको म्युजिक भिडियो भरखरै बजारमा ल्याएका छन ।

परदेशमा रहदा भाईटिकाको बेला नेपालमा भएकी बैनीको सम्झनाले कसरी पिरोल्छ भन्ने यथार्तलाई गीतमा प्रस्तुत गरिएको छ ।

कोरियामा रहेर सामाजिक सेवामा निरन्तर लागी रहनु भएका योड़्ग स्टार ग्रुपका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता काभ्रेली युवा यम श्रेष्ठ र कुशल नृत्यड़्गना सुन्दरी मोडल बिना पुनको ससक्त अभिनयलाई कोरियामा चिरपरिचित छायाड़्कार पेन्जि योड़्गले क्यामेरा चलाउनु भएको छ । श्रेष्ठ र पुनले माइती चेलीको अभिनय गरेका छन् । साथै बेद कुमार श्रेष्ठ र बुद्द कुमारी श्रेष्ठको पनि अभिनय देख्न सकिने छ । कोरियामै छायाँकन गरिएको म्यूजिक भिडियोलाई, गुल्मी समाजका अध्यक्ष तथा सामाजिक अभियन्ता गान्धिब सुबेदी र स्वयम गीतकार नगेन्द्र थापा मगरले संयुक्तरुपमा निर्देशनमा डेब्यु गरेका छन ।
बबल गम स्टुडियो ( द. कोरिया )मा रेकर्डिड़्ग तथा ड्रिम्स स्टुडियो ( काठमाण्डु )मा मिक्सिड़्ग गरिएको उक्त गीतलाई देबेन्द्र नेवाले एरेन्जर गर्नु भएको छ। बिनोद श्रेष्ठको कुशल सम्पादनमा बनेको उक्त गीतको भिडियो ड्रिम्स स्टार प्रोडक्सनले निर्माण गरेको हो । भने सड़्गस नेपालले सार्बजनिक गरेको छ

यो भन्दा पहिले ” थाहै नपाई ” आधुनिक तथा पप गीतको एल्बम बजारमा ल्याई सकेका सर्जक द्वयले सोही एल्बमको गीत ” हिमचुलीमा ” बोलको भिडियो बजारमा सार्बजनिक भईसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...