लगानिको सुबर्न अबसर २ दर्जन भन्दा बढी बित्तिय सस्था र हाइड्रो को शेयर खुल्दै


दक्षिण कोरिया,  शेयर बजारमा चासो राखेर सुरक्षित लगानीको बाटो खोज्ने लगानी कर्ता हरुका लागि अबको केहि समय सुनौलो अवसर साबित हुन सक्ने देखिएको छ l न्युनतम पुंजी भएका लगानी कर्ता देखि दोश्रो शेयर बजारमा रमाएका लगानी कर्ता समेत आकर्षण हुने गरि २ दर्जन भन्दा बढी बैंक तथा बित्तिय सस्था र जलबिद्युत कम्पनी हरुले लगानी गर्ने अवसर जुटाईदिएका छन् ।
नया लगानीकर्ताले केही कम्पनीमा साधारण सेयर (आइपिओ) मा लगानी गर्न पाउने भएका छन् । साधारण शेयर अर्थात (आइपिओ) लाइ अत्यन्तै जोखिम रहित लगानी भनेर पनि बुझ्ने गरिन्छ । भने केही बैंक तथा वित्तीय संस्थाले हकप्रद र बोनस शेयर प्रदान गर्दै छन् । तर हकप्रद र बोनस शेयर प्राप्त गर्नाका लागि उक्त कम्पनीमा पहिल्यै आफ्नो शेयर अनिवार्य हुनु पर्दछ । केहि जलविद्युत् कम्पनी, बिमा कम्पनी र ठुला बैंक ले फर्दर पब्लिक अफरिङ अर्थात (एफपीओ) जारी गर्न लागेका छन् ।
एफपिओ को लागि कम्पनीले तोकेको अलिक बढी मुल्यमा आफुले चाहेको शेयर खरिद का लागि आबेदन दिन सकिन्छ । जस अन्तर्गत नौ कम्पनीले साधारण सेयर, १९ बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र एन एम बि बैंक ले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएका छन् ।
२०७४ असार मसान्त भित्र राष्ट्र बैंक ले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउन ठुला देखि साना बैंक र बित्तिय सस्था हरु मर्जर देखि एफपिओ निष्काशन सम्म लागि परिरहेको छन् l त्यस मध्ये आफ्नो ८ अर्ब चुक्ता पुँजी पुर्याउन एसबिआइ बैंक ले ६७ हजार ७ सय ७८ कित्ता, एभरेष्ट बैंक ले ४५ लाख कित्ता र एन एम बि बैंक ले ८८ लाख ८० हजार कित्ता एफपिओ निश्काशन गर्दै छन् । यस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले करिब ३० लाख ९६ हजार चार सय २९ कित्ता एफपिओ निश्काशन गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज मार्फत एक सय अंकित मूल्यमा दुई हजार आठ सय ५१ रुपैयाँ थप गरि एफपीओ निष्कासन गर्ने तयारी गरे पनि धितोपत्र बोर्डले सेयर निष्कासनमा रोक लगाएको थियो।
सोही कारण कम्पनीको सेयर मूल्य अहिलेसम्म तोकिएको छैन । साथै विभिन्न बित्तिय कम्पनी हरुले पनि करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् ।भने सुनसरी को धरानमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रो फाइनान्स ले ६ लाख कित्ता आइपिओ निष्काशन गर्नका लागि धितो पत्र बोर्ड ले अनुमति दिइसकेको ले छिट्टै आइपिओ निष्काशन गर्ने भएको छ ।
आईपीओ निष्कासनको तयारी गरिरहेका अन्य ६ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी लिमिटेड, अरुण काबेली, च्याङ्दी हाइड्रो पावर कम्पनी र मैलुङ खोला गरी छ वटा जलविद्युत् कम्पनी छन् । अरुण काबेली पावर ले यहि कार्तिक ७ गते बाट ३० लाख कित्ता आइपिओ निष्काशन गर्दै छ l काबेलीले ३० करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापीटललाई नियुक्त गरेको छ । कम्पनीले सेयर निष्कासनका लागि गत असार २८ गते नै धितोपत्र बार्डमा आवेदन दिएको थियो । त्यस्तै आँखुखोला जलविद्युत् आयोजनाले २० करोड रुपैयाँ मूल्य बराबरको २० लाख कित्ता सेयर जारी गर्ने भएको छ ।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले एक सय दरका ३१ लाख ९६ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । च्याङ्दी हाइड्रोेले आठ लाख १० हजार कित्ता साधारण सेयर निष्कासनको प्रक्रियामा छ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले यसै वर्षमा तीन करोड ६८ लाख १४ हजार तीन सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार एक सय ४३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यो कम्पनीले निष्कासन गर्न लागेको सेयरमा स्थानीय बासिन्दाले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकेको छ । नेपाल हाइड्रो डेभलपरले दुई करोड ६० लाख मूल्य बराबरको दुई लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित सेयर बिक्री प्रबन्धकका रूपमा एनबी क्यापिटललाई नियुक्त गरेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले यस वर्षनै ९४ लाख ८० हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ ।
संस्थाले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको अधिकार एनआईबीएल क्यापिटललाई प्रदान गरेको छ । माहुली सामुदायिक लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यका एक लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...