Advertisement
SKIP THIS

झुम्की प्रदर्शन तयारी पूरा, नुवाकोटको चिठ्ठा खोलिने


 सोल, तमु धीँ दक्षिण कोरियाले कोरियामा प्रदर्शन गर्न लागेको नेपाली चलचित्र झुम्की प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । धीँका अध्यक्ष प्रदिप गुरुङको अनुसार सम्पुर्ण तयारी पूरा भएर प्रदर्शनको मुख्य दिनको प्रतीक्षामा रहेको बताए ।

“कोरियामा नेपालीहरुको बाक्लो बसोबास रहेको सम्पुर्ण एरियामा प्रचारप्रसारको काम सकिसकेको छ, कोरियामा क्रियाशिल सम्पुर्ण सामाजिक , राजनीतिक, जातीय संघसंस्थाहरुलाई निमन्त्रणा र टिकट विक्रीवितरण सबै सकिएको छ ” धीँका महासचिव श्रीराम गुरुङले भने । अब प्रदर्शनको दिन सम्पुर्ण कोरियामा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाईदिन आग्रह गर्दछु ।

आपतकालीन राहत कोष वृद्धि , अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको प्रवर्द्धन र नेपाली कलासंस्कृती प्रचारप्रसारको उद्धेश्य साथ अक्टोबर १६ तरिखमा झुम्की चलचित्र प्रदर्शन हुँदै छ ।

नेपाली रजतपटमा अहिलेका निकै लोकप्रिय नायक अभिनेता दयाहाङ राई र नायिका / अभिनेत्री रिस्मा गुरुङ्को प्रमुख भुमिका रहेको झुम्कीलाई सफल निर्देशक अपिल बिष्टले निर्देशन गरेका छन । सिने आर्ट र अपिल बिष्ट प्रोडक्सनको निमार्ण रहेको चलचित्र झुम्की हेर्न आउने आइतबार झोगेसा गुम्बाको हलमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हुन कोरियामा क्रियाशिल सम्पुर्ण संघसंस्था र दाजुभाई दिदिबहिनीहरुलाई तमु धीँले बिशेष निमन्त्रणासहित अनुरोध गरेको छ ।साथै उक्त दिन नुवाकोट समाजको भाग्यशाली चिट्ठा पनि खोलिने कार्यक्रम रहेको छ ।

प्रदर्शन मिति :- अक्टोबर १६ , आइतबार
समय :- दिनको १ बजे
स्थान :- झोगेसा गुम्बा हल
जाने तरिका :- मेट्रो लाईनको लाइन नम्बर १को जोङ्गगाक स्टेशनको गेट नम्बर २ बाट बाहिरिने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...