कास्की परिवार कोरियाको  साधारणसभा  अक्टोबर ३० मा हुने


सउल

“संगठित समुह नै प्रदेशको सहारा हो” मुल नाराका साथ यस प्रवासी भूमी दक्षिण कोरियामा सामाजिक क्षेत्र र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा आउँदो अक्टोबर ३० तारिखमा हुने भएको छ ।

कोरियन महान पर्व छुसकको अवसर पारी गत सेप्टेम्बर १४ तारिखमा तथा गत अक्टोबर ३ तारिख नेपाल हाउसमा भएको कार्यसमिति, सल्लाहकारहरुको विशेष उपस्थितिमा संस्थालाई विगतदेखी उल्लेख्य सहयोग गर्दै आउनुभएका दिदीबहिनी तथा दाज्युभाईको उल्लासमय उपस्थितिमा भएको विषेश बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अगष्ट २८ मा सम्पन्न माछापुच्छ्रे भलिबल रनिङ्ग कप, भाग -२ लाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग पुर्याउनु भएका संघ-संस्था तथा उपस्थित सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो भने सोही दिन खोलिएको भाग्यशाली चिठ्ठाको बिजेताहरुलाई सामुहिकरुपमा नगद पुरस्कार वितरण गरिएको थियो। साथै उक्त माछापुच्छ्रे भलिबल रनिङ्ग कप, भाग- २ सफल पार्न आर्थिक सहयोग तथा विभिन्न तवरबाट सहयोग पुर्याउनुहुने महानुभावहरुलाई पनि बिशेष आभार प्रकट गरीएको थियो ।

विभिन्न एजेन्डाहरुमा उल्लासमय बहस र छलफलका साथ उचित निर्णय निकाल्दै कार्यसमितिका केही सदस्यहरु हेरफेर, केही सदस्यहरु समय अभावको कारण संस्थाको कार्यक्रमहरुमा सकृय रहन नसकेको अवस्थामा संस्थालाई सफलरुपमा अगाडि बढाउन साधारणसभा बोलाएर सक्षम र सकृय ब्यक्तित्वहरुको सयोजन गराई कार्यसमितीलाई चुस्त रुपमा अगाडी बढाउने अध्यक्ष खोम गुरुङ्गले बताउनुभएको छ । तसर्थ कास्की परीवार सग आबद्ध भएर संंस्थामा हातेमालो गर्न चाहानुहुने कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरीएको छ ।

कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु – भाइ तथा दिदी- बहिनीहरुलाई उपस्थित भएर सस्थालाई आवस्यक सर – सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।

मिति – अक्टोबर ३० आईतबार

समय –  ठिक १२ बजे

स्थान –  नेपाल हाउस दोंग्देमुन

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...