Advertisement
SKIP THIS

कोरियामा शक्तिशाली तुफान, बुसानमा चारजनाको मृत्यु


फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ । मंगलबार जेजु टाँपूबाट सुरु भएको आँधीबेहेरी तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो । विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६.५ मिटरको हूरी बतास चल्नुका साथै  दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो । हुरी बतास र झरीका कारण केही ब्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचार एजेन्सीले जनाएको छ ।

आँधी तुफानका कारण समुद्र नजिक नजान अनि घरमा पनि होशियारी अपनाउन सर्वसाधारणलाई  जानकारी गराइएको थियो । कोरियाको दक्षिणी भेगमा रहेको विभिन्न शहर तथा ग्रामिण भेगहरुमा ठुलो बर्षाका कारण घरभित्रै पानी पसेको थियो । यो वर्षको १८ औं तुफानका कारण केही समय अघि क्यङजुलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले क्षति पुर्याएको घरहरुमा झनै असर परेको थियो । त्यस्तै डुबानले गर्दा अण्डरग्राउण्ड पार्किङमा राखिएका गाडीहरु डुब्नुकासाथै कतिपय घरभित्र पानी पसेका छन् ।

आँधीहूरी र झरीका कारण बुधबार केही विद्यालय र सेन्टरहरुको पठनपाठन पनि स्थगित गरिएको थियो । जेजुमा ठुलो आँधी हूरीका कारण विधुतिय तारमा क्षति पुगेकोले ५२ हजार घरमा असर परेको थियो । त्यस्तै जेजु र बुसानको हवाइ उडान समेत रद्ध हुनुका साथै राष्टिय तथा अन्तराष्टिय पानी जहाज मार्ग पनि स्थगित गरिनुका साथै कोरिया उच्च गतिको केटिएक्स रेल पनि हावा हूरीका कारण रोकिएको सुरक्षा मन्त्रालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...