Advertisement
SKIP THIS

शेर्पा किदूक दक्षिण कोरियाको नाम र लोगो परिवर्तन


फोनिज कोरिया सम्वादाता

सउल

कोरियामा रहेका शेर्पा समुदायको सामूहिक संस्था शेर्पा किदूक दक्षिण कोरियाको नाम परिवर्तन गरीएको छ । शेर्पा सघं दक्षिण कोरिया नाम रहने गरी लोगो पनि परिवर्तन गरिएको संघले जनाएको छ ।

गत महिना मात्र निर्वाचित नव कार्यसमितिको पहिलो बैठकमा संस्थाको नाम समय सापेक्ष नभएको भन्ने गुनासोमा व्यापक छलफल गरी परिवर्तन गरिएको हो । गत सेप्टेम्बर २५ तारिख फेन्तेक स्थित स्वयम्भू रेष्टुरेन्टमा बसेको बैठकले निषकर्श निकाल्न नसकेपछि थप २ दिन अनलाइन मार्फत छलफल गरेपछे सर्वसहमतिमा सो निर्णय गरिएको संघले जनाएको छ ।

कोरियामा बढ्दो आत्माहत्या प्रति संस्थाले गहिरो चासो र दुख व्यक्त गर्दै अन्य संघ संस्थासंग मिलेर मानसिक तनावको न्यूनिकरण गर्न पहल गर्ने भएका छन् । शेर्पा संघ नेपालबाट पाल्नु भएका प्रशिद बौद्ध गुरु खेन्पो साङगे राङजुंग  ज्यू बाट कोरियाको फाजु स्थित हुंग फुप्शा गुम्बामा अक्टोबर १६ तारिख बौद्ध धार्मिक प्रबचन , दिर्घाआयु पूजा (छेवांग ) र स्वदेश तथा विदेशमा बिभिन्न दुट्घटनामा परी ज्यान गुमाएकाहरूको आत्मा शान्तिको पूजा आयोजना गर्ने भएको छ।

उक्त पूजामा कोरियामा रहेका सम्पुर्ण नेपाली दाजू भाई तथा दीदी बहिनीहरुले सहभागिता जनाइ दिनुहुन आग्रह गर्दछौ । पुजामा जान दोइ०देमुनको गेट नं. ३ बाट विहान ९ बजे निशुल्क बस को बेबस्था गरिएको आयोजकले जनाएको छ ।


भाग्यशाली चिट्ठा कार्यक्रम गरिने

त्यस्तै संघले संस्था र समाजको हितको लागि आपतकालीन राहात कोष स्थापनार्थ यही जनवरी १ तारिक भाग्यशाली बम्पर उपहार चिट्ठा कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार ५ तोन सुन १ जनालाई, दोस्रो पुरस्कार ३ तोन सुन एक जनालाई, तेस्रो पुरस्कार २ तोन सुन एक जनालाई र चौथो तथा सान्तवना पुरस्कार ५० हजार वन दर ले ५ जानालाई दिने घोषणा गरिएक छ । टिकटको मूल्य १० हजार वन रहको छ ।
संघद्वारा आयोजना गर्ने जून सुकै कार्यक्रम सफल बनाउन कोरियामा रहेका नेपालीहरूको महवपूर्ण भीमिका रहने भएकोले सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थित भई दिनको लागि संघले आवाहन समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...