लोक दोहोरी गायक बद्री पङगेनी कोरियामा
फोनिज कोरिया संवाददाता
सउल
लोक दोहोरी गायक तथा नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् । पङगेनिलाई स्वागत गर्न नेपाली सम्पर्क समिती कोरियाकी बरीष्ठ उपाध्यक्ष अन्जु केसि र किम्हे माईग्रेन्ट हाउसको तर्फबाट सपोर्ट नेपाल फाउण्डेसनका सचिव के.पी चौलागाई इन्छन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
उनी हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला आरिराइ० महोत्सवमा सहभागिता हुन कोरिया आएका हुन ।
कोरियाको घ्यङसाङनाम्दो प्रान्तका छाङवन शहर स्थित योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फ ( Migrent Arirang Multicultural Festival 2016 ) मा उनको प्रस्तुती रहने छ ।
१५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रत्येक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष -भुसा, कला, संस्कृति, गित-संगीतमा रमाउन पाउनुका साथै विभिन्न देशका खानाका परिकारहरुको स्वाद पनि चाख्न पाइने छ ।
मेलामा नेपालीहरुको लागी कार्यक्रमको मुख्य आकर्षक चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको दम्दार प्रस्तुती रहने भएकाले कोरियावासी नेपालीहरुलाई मेलामा उपस्थित भइदिनहुन आयोजकले आग्रह गरेका छन् ।