कोरियामा मृतक डांगी र लिम्बुको चार संस्थाले संयुक्त श्रद्धाञ्जलीसभा गर्ने


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा गत हप्ता निधन भएका व्यवसायी, साहित्यकर्मी र समाजसेवी मनोज डाँगी र इपिएस मार्फत कोरिया आएका दूधराम लिम्बुको यही आइतबार सउलमा श्रद्धाञ्जली सभा गरिने भएको छ ।

सउलको दोम्योआफ स्थित नेपालीहरुको साझा घर नेपाल हाउसमा गरिन लागेको श्रद्धाञ्जलीसभालाई कोरियामा रहेको चार संस्था ग्लोबल तेह्रथुम सेवा समाज, किराँत याक्थुम चुम्लुइ०, संखुवासभा सम्पर्क समिति र अन्तराष्ट्रिय नेपाली साहित्य समाजले संयुक्तरुपमा गर्ने भएको हो ।

मृतक मनोज डांगी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष र उनको जन्म स्थान संखुवासभा भएकाले दुई संस्था र दूधराम लिम्बु तेह्रथुम जिल्लाबासी र लिम्बु समुदायका भएकाले अन्य दुई संस्थाले संयुक्तरुपमा कार्यक्रम गर्न लागेका हुन् ।

सउलको सिन्छनमा काठमाण्डौ रेष्टुरेन्ट संचालन गर्दै आएका डाँगीले मंगलबार (सेप्टेम्बर २०) मा आफ्नै वासस्थानमा आत्माहत्या गरेका थिए । त्यस्तै ३ महिना अघि मात्र इपिएस मार्फत कोरियामा मजदुरी गर्न आएका लिम्बुको सेम्टेम्बर १८ तारिख सुतेकै अवस्थामा अचानक मृत्यु भएको थियो । लिम्बुको शब सोमबार नेपाल पठाइसकेको छ भने डाँगीको गत आइतबार कोरियामै अन्त्येष्टी गरिएको थियो ।

कोरियामा मजदुरी गर्न आएका मृतक लिम्बुको छोटो अवधी मै निधन भएकाले परीवारको आशालाई केही हदसम्म भएपनि राहत दिलाउन जिल्लाबासी र लिम्बु समुदायले आर्थिक सहयोग पनि संकलन गरिरहेका छन् । श्रद्धाञ्जलीसभामा कोरियामा रहेका विभिन्न पेशा र व्यवसाय गर्दै आएका सम्पूर्ण नेपालीहरुलाई आयोजकले उपस्थितीको आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...