Advertisement
SKIP THIS

कोरियाको सर्बोच्च अदालत प्रागणमा राईले केश मुण्डन गर्ने


रोशन राई
सोल-प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईले कोरियाको सर्बोच्च अदालत अगाडी केश मुण्डन गर्ने भएका छन् |

कोरियामा कार्यरत प्रवासी मजदूरहरुको हक अधिकार प्रत्याभूति हुनुपर्ने भन्दै अध्यक्ष राईले आउँदो जुन ४ तारिक ११ बजेको  सर्वोच्च अदालत अगाडी केश मुण्डन गर्ने भएका हुन् | उक्त निर्णय गत आईतबार १७ तारिक बैठक युनियनको बैठकले गरेको हो |युनियनले अन्य संघर्षको कार्यक्रम समेत सार्बजनिक गरेको छ ।

एमटियुले प्रवासी मजदुरहरुको सम्पूर्ण अधिकार मजदुर मै हुनुपर्ने , कम्पनी छनौट तथा परिवर्तन स्वतन्त्र रुपमा पाउनुपर्ने , कम्पनी छोडे लगत्तै थेजिकम (बिमा ) कोरियामै पाउनुपर्ने, उचित समयमै तलब पाउनुपर्ने, साथै कमदारहरु माथी हुने श्रम तथा यौन शोषणको अन्त्य हुनुपर्ने जस्ता माग राखेको छ |

एकल प्रदर्शन भने निरन्तर भैरहेको हुँदां काम छोडेर बसेको तथा समय हुने  कोही मजदुर मित्रहरुले  एमटियु अध्यक्षसँग सम्पार्क गरी सर्वोच्च अदालत मा १ घण्टाको लागी एकल प्रदर्शन गर्न सकिने छ भने जुन ४ तारिक को दिन समय हुने सम्पुर्ण मजदुर साथिहरुलाई उपस्थितिको लागी एमटियु कोरियाले अनुरोध गरेको छ ।

एमटियु कोरियाले गत अप्रिलदेखी संघर्ष स्वरूप निरन्तर कोरियाको सर्वोच्च अदालत अगाडी एकल प्रदर्शन तथा र्याली गरिरहेको छ । त्यस्तै यो पाँचौ महिनाभरि कोरियाको अन्य मजदुर संगठनका अध्यक्षस्तरको  बिभिन्न लेखहरु को संकलन पनि भैरहेको छ ।

कोरियामा प्रवासी मजदुरहरुको अधिकार निम्ती  सन २००५ मा स्थापित एमटियु कोरियाले स्थापनाकाल देखी नै मजदुर अधिकार को पक्षमा वकालत गर्दै कोरिया सरकार समक्ष  बिभिन्न मुद्धाहरुको सम्बोधन गर्न दवाब स्वरूप संघर्ष गर्दै आईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...