अनुहारमा सेभिङ क्रिम दल्दा


हाइस्कुल पढ्न जानलाई तीन घण्टाको उकालो बाटो हिड्नुपथ्र्यो । बिहानै गाइबस्तुलाई घाँस तयार पारेर घर आउदा आमाले भात पस्किसकेकी हुन्थिन् । हतार दुइचार गाँस भात खाएर एउटा कापी र कलम च्यापेर उकालो लागिन्थ्यो । स्कुल पढ्ने विद्यार्थीको ब्यागमा पुस्तकहरु हुनुपर्ने हो । पुस्तक नभएर होइन । झोलामा नअटेर । अरु साथीहरुको ब्यागमा पुस्तक हुन्थ्यो । हामी दुई चार जना केटीहरुको ब्यागमा भने दिनहुँ अन्नको पोका हुन्थ्यो । कोदो, मकै, गहुँ, चामलका पोका, किन थाहा छ ?
स्कुल नजिकै बजार । मंगलबार बजार लाग्थ्यो, नेले बजार । तर पसल र होटेल दिनहुँ खुला हुन्थ्यो । टाढाका विद्यार्थी र शिक्षकहरु त्यहि डेरा लिएर बस्थे । बजारको मिठो परिकारले हामीलाई दिनहुँ लोभ्याउन थाल्यो । दुई घण्टाको उकालो बाटो हिड्दा बिहान घरमा खाएको खानाले पनि छाडिहाल्थ्यो । एक बजेको टिफिन टाइममा हामी दौडिन्थ्यौं होटेलतिर ।
थुक्पा, सेल, सिंगडा आलुदम त्यो बेलाको मुख्य मेन्यु । कहिलेकाँही त दिनको तीनपटकसम्म पनि पस्थ्यौं होटेलमा । घरबाट कहिलेकाँही खाजा खान दिएको थोरै पैसाले के पुग्थ्यो दिनको तीन पटक खानलाई । होटेलको साहुनीे पैसा नभए अन्न, आलु जे ल्याए पनि हुन्छ भनेर हामीलाई झन उक्साउथिन् । आखिरी उनीहरुको त व्यापार बढाउनु न थियो । उनीहरुको मुख्य ग्राहक नै विद्यार्थी । घरमा अन्न चोर्न थालियो । दुइमाना, चारमाना, एकपाथीसम्म ।
आठदेखि दश कक्षासम्म तीन वर्ष स्कुल धाउँदा घरको भकारो पनि रित्तिन थाल्यो । कहिलेकाँही शंकाको घेरामा पर्दा होइन भन्दै रोएर जितिन्थ्यो । आमा र बोजु घरबाहिर जानसाथ हतारहतार अन्न झोलामा भरेर खोल्साको बनमारा झाडीभित्र लुकाउथें ।
★★★
सानोमा घरबाट आँखाले देखिने धरातललाई मात्र पृथ्वी सम्झन्थें । क्षितिजपारी त बादल मात्र होला लाग्थ्यो । त्यो डाँडामा पुगेर बादल छुन पाए आकाश छुन सकिन्थ्यो होला भनेर क्षितिजलाई चिहाउदै आकाश छुने कल्पना गर्थें । आकाशसँग जोडिएको डाँडासम्म पुग्थें । फेरी अर्को डाँडा आउँथ्यो । सोच्थें, म त्यो डाँडामा पुगें भने त अवश्य आकाश छुन्छु । तर संसार मैले सोच्ने गरेको क्षितिजको घेराभित्र मात्र सिमित रहेनछ ।
काठमाडौं शहर नेपालको राजधानी, राजाको गाउँ भनेर पुस्तकमा पढेको थिएँ । गाउँमा जन्मे हुर्केेकालाई शहर कस्तो होला भनेर कौतुहलता लाग्नु स्वभाविक हो । हुन त म जन्मिनु पाँच महिना अघि नै मेरो बुबा काठमाडौं हानिएका थिए रे । एकपटक हजुरआमा नेपाल जाने भन्दै गाउँलेसँग राजधानी गइन् । आमालाई पनि शहरको रहर । जिरीसम्म तीनदिन हिडेर काठमाडौं गइन् । फर्किदा चकलेट, विस्कुट, नयाँ कपडा र जुत्ता ल्याइदिएकी थिइन् । केटाकेटीपन न हो फुरुंग हुँदै नयाँ कपडा र जुत्ता लगाएर स्कुल जाँदा साथीहरुको छेउमा बेग्लै सान ।
नौ कक्षामा पढ्दा हामीसँगै पढ्ने साथी भर्खर राजधानी पुगेर आकी । शहरको बखान यसरी गर्थिन् कि हामी स्वयं शहर पुगेको भान हुन्थ्यो । शहरका बाग्ला घर, फराकिलो सडक, हर्न बजाउदै धुलो उडाउदै फिलिलि कुद्ने बस, गाडी, मान्छेको भिड अनि सिनेमा हल ।
हामी सिनेमाको कथा अलि बढी चाख लिएर सुन्थ्यौं । दुई घण्टाको बाटो सिनेमाको कथा सुन्दै बितेको पत्तै हुदैन थियो । साथीको शहर बयान र सिनेमाको कुराले आफु पुगेको कल्पनामा डुब्नु स्वभाविकै हो । त्यो बेला प्रकाश कोबिद र युधिर थापाको उपन्यास पढ्ने लहर नै चलेको थियो । साथीहरुका दाईहरुले काठमाडौंबाट ल्याएको उपन्यास लुकेर एकरातमै पढिसक्थ्यौं पालैपालो ।
त्यो बेलाको रहर पाँचघण्टाको बाटो हिडेर फोटो खिच्न सदरमुकाम सल्लेरीसम्म पुग्थ्यौं । सल्लेरीमा त्यो बेला टेलिभिजनबाटै भिडियो देखाइन्थ्योे । हुनत पछि नेले बजारमा पनि पाँच रुपैयाँ तिरेर पुराना हिन्दी फिल्म हेर्न पाइन्थ्यो टिभिमा । सल्लेरीमा भुवन केसीको बाँसुरी चल्दैछ भन्ने सुनेर हामी भिडियो हेर्नकै लागि घरमा बहाना बनाएर तीनजना केटीहरु सल्लेरी गएका थियौं । गाउँकै एकजना दाई जिविसमा काम गर्थे । उनकै डेरामा बास बसेर भिडियो हेर्ने भइयो । भिडियो हेर्न जानु अघि त्यो दाईको कोठामा भएको क्रिम तीनैजनाले अनुहारमा दल्यौं । अरुबेला दलेको क्रिम जस्तो नरम थिएन अनुहार नै तन्काए जस्तो लाग्यो ।
नेपाली भिडियो पहिलो पटक टेलिभिजनमा हेर्दा हामी निकै मख्ख थियौं । अब कतिदिनलाई खुराक पुग्ने हो साथीहरुलाई कथावस्तु सुनाउन । फिल्म सकेर हामी कोठामा फर्कियौं । तर फिल्मको हिरोहिरोइन भने आँखाभरी नाचिरहेका थिए । सुत्नु अघि मुख धुन गयौं तर साबन नलाइनै अनुहारबाट फिंज निस्क्यो । जति पखाले पनि सावनको फिंज निस्कन छाडेन । त्यो त क्रिम नभएर जुंगा दारी खौरिनु अघि लगाउने सेभिङ क्रिम पो रहेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...